

दार्चुलामा हिमपहिरो : मानिस पुरिएको आशंका
9.4kViews
0
Shares
व्यास, १९ वैशाख/दार्चुलामा मंगलबार हिमपहिरो गएको छ । मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ ।
यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेला माथिबाट हिमपहिरो खसेको बताइएको छ ।
हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकि छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१९ घण्टा अगाडि
1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…



