मलामी बोक्न निःशुल्क बस

विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी लिएर घाट जानु छ। उनलाई अचेल यस्ता फोन निरन्तर आउन थालेका छन्।अन्सारीसँग तीन वटा बस छन्। यिनैमध्ये एउटा चाहिँ मलामी बोकेर घाटसम्म लान प्रयोग हुन्छ। अन्सारीले कसैको निधनमा घाटसम्म मलामी लिएर जान निःशुल्क बस सेवा दिने घोषणा गरेका छन् । तीन महिनायता अन्सारीको बसमा चढेर थुप्रै मलामी घाटसम्म पुगिसकेका छन्। “दुई वटा बस धरान–विराटनगर रुटमा चलिरहेका छन्,” अन्सारीले भने, “एउटा बसलाई मलामी लैजान निःशुल्क उपलब्ध गराउँदै आएको छु।”

तीन महिनामा आफ्नो बस ४२ पटक मलामी बोक्न प्रयोग भएको अन्सारीले जानकारी दिए। निःशुल्क बस उपलब्ध गराउँदै आएको कुरा थाहा हुनेले फोन गरेर जानकारी गराएपछि अन्सारीले सहयोग स्वरूप पठाउने गरेका छन् ।

अन्सारीले दस वर्षको उमेरदेखि गाडीमा सहयोगीका रूपमा काम गर्न सुरु गरेका थिए । उनका अनुसार अहिले तीन वटा बसको मालिक आफैँ भएपछि सामाजिक सेवा गर्ने इच्छा जागेको हो। यो सेवासँग पनि फरक संयोग रहेको उनले सुनाए।

कसैले मलामी बोक्नका लागि गाडी भाडामा भनेका थिए। आफूले मलामी जाने भनेपछि सुहाउँदो भाडा भने पनि घरमा दुःख झेलिरहेका परिवारसँग धेरै पैसा मागेर कमिसन खाएको उनले थाहा पाएका थिए । त्यसपछि मलामी बोकेर घाट जाने गाडीमा समेत कमिसन खानेलाई बुद्धि सिकाउन मन लागेर निःशुल्क सेवा दिने घोषणा गरेको करिमको भनाइ छ। यने समाचार गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
२० घण्टा अगाडि

2.1kViews 387 Shares Share on Facebook Share on Twitter काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत सहायक हवल्दार अंकित…

TOP
Shares