

धनुषामा ‘लम्पी स्किन’ रोग विरुद्ध धमाधम पशुलाई खोप
जनकपुर । मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका लागि धमाधम पशुलाई सो रोगविरुद्ध खोप सहित सचेतनाका कार्यक्रम सञ्चालन गरिएका छन् ।धनुषामा करिब २९ हजार पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । गत साउन ३२ गतेसम्म २८ हजार नौ सय ९५ पशुमा खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले जनाएको छ ।
केन्द्रको प्रमुख डा सञ्जीवकुमार ठाकुरले जिल्लाका १८ वटै पालिकाका २९ हजार पाँच सय ८० पशुलाई खोप लगाएको जानकारी दिए । यसमध्ये प्रदेश सरकारबाट सात हजार नौ सय ९५ र सबै स्थानीय तहबाट २१ हजार चार सय मात्रा खोप प्राप्त भएको पनि उनले बताए ।
जिल्लामा २९ हजार चार सय ४६ गाई तथा गोरु र एक सय ३४ भैँसी तथा रागा लम्पी स्किनबाट सङ्क्रमित भएका थिए भने तीमध्ये छ सय ८० गाई तथा गोरु मरेका थिए । जिल्लामा सुरुमा आक्रमकरूपमा फैलिए पनि हाल रोग करिब नियन्त्रणमा आएको केन्द्रले जनाएको छ ।
लम्पी स्किनको सङ्क्रमणपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने र खुट्टा सुनिने गरेको छ । यसले गर्दा दूध घट्ने र घाँसपात राम्ररी नखानेजस्ता समस्या देखिने गरेका छन् ।रासस
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



