काठमाडौंको विशाल बजारबाट ४० लाख हुन्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । हिजो बेलुकी ६ः१५ बजे विशेष सूचनाको आधारमा  जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले  काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५ सय नगदसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको कलकत्ता घर भई काठमाडौँ महानगरपालिका २३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही घर भई चन्द्रागिरि नगरपालिका १५ तिनथाना बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् ।

उनीहरूको साथबाट नगद र दुई थान मोबाइलसहित विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box
राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
२१ घण्टा अगाडि

1.7kViews 138 Shares Share on Facebook Share on Twitter काठमाडौं । राहदानी (पासपोर्ट) छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी…

TOP
175 Shares