

धाँधली र बुथ कब्जा दोहोरिन नदिने गृहमन्त्री ओमप्रकाश अर्याल को कडा चेतावनी
गृहमन्त्री ओम प्रकाश अर्यालले आगामी निर्वाचन निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। विगतका निर्वाचनहरूमा देखिएका धाँधली, पितृका नाममा भोट हाल्ने जस्ता गैरकानुनी गतिविधि तथा बुथ कब्जा जस्ता प्रवृत्तिहरू यसपटक कदापि दोहोरिन नदिइने उनले स्पष्ट पारे।
गृहमन्त्री अर्यालले सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको जानकारी दिँदै मतदाताले भयमुक्त वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चितता सरकारको पहिलो प्राथमिकता भएको बताए। “निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो, यसमा कुनै पनि प्रकारको अनियमितता सह्य हुँदैन,” उनले भने।
उनका अनुसार मतदान केन्द्रहरूमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइनुका साथै शंकास्पद गतिविधिमाथि कडा निगरानी राखिनेछ। विगतमा देखिएका कमजोरीहरूबाट पाठ सिक्दै यसपटक प्रविधिको प्रयोग, प्रभावकारी अनुगमन र कडाइका साथ कानुन कार्यान्वयन गरिने तयारी गरिएको छ।
गृहमन्त्रीले राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई पनि आ–आफ्नो ठाउँबाट स्वच्छ निर्वाचनका लागि सहयोग गर्न आग्रह गरे। “सवैको सहभागिता र सचेतनाले मात्र लोकतन्त्र बलियो हुन्छ,” उनले जोड दिए।
सरकारको यो प्रतिबद्धतासँगै आगामी निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र विश्वासिलो हुने अपेक्षा गरिएको
समाज
थप सामाग्री-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
१६ घण्टा अगाडि
1.9kViews 237 Shares Share on Facebook Share on Twitter मकवानपुर । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने…



