

जनकपुरधाममा निर्वाचनको सबै तयारी पूरा : ढुक्क भएर मतदान गर्न आग्रह
जनकपुरधाम। धनुषामा भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्।
उनका अनुसार निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। प्रत्येक मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने आवश्यक परेमा पाँचदेखि सात मिनेटभित्र थप सुरक्षा टोली पुग्ने संयन्त्र तयार अवस्थामा राखिएको छ।
मतदानस्थल निर्माण, मतपेटिका व्यवस्थापन तथा मतदान अधिकृतसहित कर्मचारीहरू सम्बन्धित केन्द्रमा पुगिसकेको प्रशासनले जनाएको छ।
धनुषामा प्रतिनिधिसभा सदस्यका लागि चार निर्वाचन क्षेत्र रहेका छन्। जिल्लाभर ३२२ मतदानस्थल अन्तर्गत ६४५ मतदान केन्द्र कायम गरिएको छ। तीमध्ये १९४ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ।
निर्वाचन सम्पन्न गर्न तीन हजार ८७५ कर्मचारी परिचालन गरिएको छ भने चार हजार ५०० जना निर्वाचन प्रहरी छनोट भइसकेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा कुल १५४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
यसैबीच मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाले शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिने स्पष्ट पार्दै समग्र सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको बताएका छन्।
प्रशासन र सुरक्षा निकायको सक्रिय तयारीबीच धनुषामा भोलिको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
१५ घण्टा अगाडि
1.9kViews 237 Shares Share on Facebook Share on Twitter मकवानपुर । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने…



