

इतिहासले सम्झने नेतृत्व : आईजीपी दानबहादुर कार्कीलाई बधाई र सम्मान
काठमाडौँ । जटिल राजनीतिक अवस्था, सुरक्षा चुनौती र संक्रमणकालीन परिस्थितिका बीच नेपाल प्रहरीले देशभर सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यस सफलताको केन्द्रमा प्रहरी संगठनको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक दानबहादुर कार्की को सक्रिय नेतृत्व रहेको धेरैले बताएका छन्।
देश ‘जेनजी विद्रोह’ पछि उत्पन्न भएको संवेदनशील अवस्थाबाट गुज्रिरहेका बेला शान्ति–सुरक्षा कायम राख्दै निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गराउनु ठूलो चुनौती थियो। तर प्रहरी संगठनले उच्च सतर्कता, प्रभावकारी समन्वय र योजनाबद्ध सुरक्षा व्यवस्थामार्फत देशभर मतदान प्रक्रिया शान्तिपूर्ण बनाउन सफल भयो।
निर्वाचन अवधिभर देशका विभिन्न जिल्लामा हजारौँ प्रहरी परिचालन गरिएको थियो। सम्भावित अवाञ्छित गतिविधि रोक्न, मतदान केन्द्रको सुरक्षा सुनिश्चित गर्न तथा मतदातालाई निर्भय वातावरण उपलब्ध गराउन प्रहरीले महत्वपूर्ण भूमिका खेलेको थियो।
यस्तो कठिन परिस्थितिमा पनि प्रहरी संगठनलाई संयम, अनुशासन र व्यावसायिकताका साथ नेतृत्व गर्दै देशलाई सुरक्षित वातावरणमा मतदान गर्न सक्ने बनाउनु आईजीपी कार्कीको नेतृत्व क्षमताको उदाहरण भएको विश्लेषकहरू बताउँछन्।
आज देशभर सम्पन्न भएको शान्तिपूर्ण मतदानको सफलता धेरै पक्षसँग जोडिए पनि सुरक्षा व्यवस्थापनको दृष्टिले यसको ठूलो श्रेय प्रहरी संगठन र त्यसको नेतृत्वलाई जाने मत व्यक्त गरिएको छ।
यस ऐतिहासिक जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएकोमा प्रहरी महानिरीक्षक कार्कीप्रति धेरैले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। कठिन घडीमा देखिएको यस्तो नेतृत्व र समर्पणलाई इतिहासले पनि स्मरण गर्ने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
१५ घण्टा अगाडि
1.9kViews 237 Shares Share on Facebook Share on Twitter मकवानपुर । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने…



