

आज चैत्र ०१ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष- आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, त्यसैले आर्थिक मामिलामा सावधानी अपनाउनु राम्रो हुन्छ । श्रमको उचित मूल्य नपाउने सम्भावना रहेकाले सोचेभन्दा कम फाइदा मिल्न सक्छ । भौतिक साधन जुट्ने संकेत छ, जसले दिगो फाइदा हुने काम सुरु गर्ने अवसर दिलाउन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिए पनि ईर्ष्या गर्नेहरूबाट भने केही दुस्ख पर्न सक्छ।
वृष- आजको आम्दानी सुरक्षित वा सञ्चय हुन नसक्ने संकेत देखिन्छ। सर सापट वा आवश्यकताका कारण धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ र आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रो भएपनि अरूको भर पर्नु वा निर्णयमा ढिलाइ गर्नुले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले भने धेरैको मन जित्न सक्छ।
मिथुन- एउटै कामबाट दोहोरो लाभ मिल्ने सम्भावना छ । धार्मिक अनुष्ठान तथा मंगलमय कार्यहरू सम्पन्न हुन सक्छन् । आफ्नो प्रतिभा र क्षमता पहिचान हुने समय छ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई पछि पार्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर मिल्न सक्छ भने प्रतिष्ठित कामबाट प्रशंसा पनि प्राप्त हुनेछ।
कर्कट- व्यवसायमा राम्रो लाभ हुने संकेत छ र भाग्योन्नतिको समय देखिन्छ । धेरैको भलाइ हुने कामको सुरुवात गर्न सकिनेछ । तर अरूको भर पर्दा धोका हुन सक्छ, त्यसैले आफ्नै निर्णयमा अघि बढ्नु राम्रो हुनेछ। परिस्थिति अनुसार चल्न नसके दुःख पर्न सक्छ र मान्यजनसँग केही असमझदारी पनि बढ्न सक्छ। अध्ययनमा भने उत्साह बढ्नेछ।
सिंह- अवसर आएपनि मौकामा लाभ उठाउन कठिन हुन सक्छ । ठूलो प्रयासपछि मात्र सामान्य फाइदा मिल्ने संकेत छ । हठी स्वभावले समस्या निम्त्याउन सक्छ, त्यसैले अरूको सुझावलाई पनि ध्यान दिनु उचित हुनेछ । केही अवसर आएपनि परिस्थितिले संघर्ष गराउन सक्छ र अप्ठ्यारा कामको बोझ बढ्न सक्छ।
कन्या- आफ्नै कमजोरीका कारण विवादमा पर्न सकिने सम्भावना छ, त्यसैले सचेत रहनु राम्रो हुनेछ । प्रतिस्पर्धामा केही कमजोर देखिन सकिन्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै राम्रो हुन्छ। परिवारजनको सहयोग लिएर काम गर्दा लाभ मिल्नेछ । सामान्य कामबाट पनि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ र मान सम्मान प्राप्त हुने योग छ।
तुला- गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । कामबाट केही फुर्सद मिल्नेछ भने अतिथिका रूपमा सम्मान र सत्कार पनि पाइने सम्भावना छ। घरेलु काममा प्रयत्न गर्दा लाभ हुनेछ। रोकिएका काम पुनः प्रयास गर्दा सफल हुने संकेत छ।
वृश्चिक- आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन्, त्यसैले निर्णय गर्दा सावधानी अपनाउनु राम्रो हुन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन पनि सक्छ । तर व्यापार व्यवसायमा लाभ हुने संकेत छ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर मिल्न सक्छ । मान प्रतिष्ठा तथा विद्या प्राप्त हुने समय देखिन्छ र विशेष उपहार वा धनलाभ पनि सम्भव छ।
धनु- स्वास्थ्य कमजोर रहन सक्ने भएकाले जोस–जाँगरमा कमी आउन सक्छ । पठन पाठनमा समय दिन कठिन हुन सक्छ । सानो उपलब्धिका लागि पनि निकै मेहनत गर्नुपर्ने समय छ। नयाँ काम सुरु गर्न केही समय पर्खनु राम्रो हुनेछ । स्वास्थ्य समस्या वा अवरोधका कारण मन खिन्न रहन सक्छ र अनपेक्षित स्थानमा धनहानि हुन सक्छ।
मकर- आफ्नो कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । कीर्तिमानी काम सम्पन्न हुन सक्छ । सफलता पाउन केही प्रतिस्पर्धा भने गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले चुनौती सामना गर्नुपर्ने हुन सक्छ । नयाँ काम सुरु गर्ने अवसर आउन सक्छ र प्रेम सम्बन्धमा सकारात्मक प्रस्ताव पनि प्राप्त हुन सक्छ।
कुम्भ- आशा मारेको काम पूरा हुनाले उत्साह बढ्नेछ। सानो प्रयासले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ । लगनशीलताले राम्रो परिणाम दिलाउनेछ । चिताएका काम बिस्तारै भएपनि सम्पन्न हुनेछन्। मिठो बोली र व्यवहारले धेरैलाई प्रभावित पार्न सकिनेछ । व्यवसायमा लगानी बढाउने अवसर पनि मिल्न सक्छ।
मीन- आफन्तबाट केही समय टाढिनुपर्ने अवस्था आउन सक्छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ मिल्ने संकेत छ । पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धन लाभ हुन सक्छ। सन्तान वा सहयोगीको सहयोगले काम सफल बन्नेछ । लामो यात्राको अवसर जुट्न सक्छ भने टाढाका साथीभाइसँग सम्बन्ध नजिकिन सक्छ।
समाज
थप सामाग्री-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
२१ घण्टा अगाडि
1.5kViews 386 Shares Share on Facebook Share on Twitter काठमाडौँ, वैशाख २२ गते । उच्च अदालत पाटनले पशुपति क्षेत्रको महत्वपूर्ण…



