सुन तोलामा १,४०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक हजार चार सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड नजिक पुगेको छ भने चाँदीको मूल्य पनि सामान्य रूपमा उकालो लागेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलामा २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । एकै दिनको अन्तरमा सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलामा ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँ थियो ।

विशेषगरी अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको उतारचढाव, अमेरिकी डलरको विनिमय दरमा परिवर्तन तथा स्थानीय माग–आपूर्तिको अवस्थाले नेपाली बजारमा समेत प्रभाव पारेको व्यवसायीहरूले बताएका छन् ।

पछिल्लो समय लगातारजसो सुनको मूल्य उच्च स्तरमा कायम रहँदै आएको छ, जसले आभूषण बजारमा कारोबार केही सुस्ताएको व्यवसायीहरूको भनाइ छ ।

Facebook Comments Box
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
१४ घण्टा अगाडि

2.3kViews 240 Shares Share on Facebook Share on Twitter मेष योजनाबद्ध तरिकाले कार्य गर्दा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी…

TOP
133 Shares