राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख

काठमाडौं । राहदानी (पासपोर्ट) छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) को नाम समेत जोडिएको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार बोलपत्र मूल्याङ्कन उपसमितिमा संलग्न रहेका एसपी पुष्करराज भट्टले सम्बन्धित कागजातमा हस्ताक्षर गरेको देखिएको छ। तर, उनलाई प्रतिवादी बनाइएको छैन।

आयोगका अनुसार अनुसन्धानमा सहयोग पुर्‍याएको आधारमा एसपी भट्टलाई साक्षीका रूपमा राखिएको हो। यस प्रकरणमा मुकेश रेग्मी, दिनेश अधिकारी, ध्रुव तिवारी, मुनिष आचार्य र मनिष भट्टराईलगायतलाई पनि साक्षीका रूपमा समावेश गरिएको छ।

अख्तियारले राहदानी छपाइ तथा खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा प्रचलित कानुनी व्यवस्था उल्लंघन गरी राज्यलाई हानि पुगेको निष्कर्षसहित सोमबार राहदानी विभागका तत्कालीन महानिर्देशकसहित १६ जना व्यक्ति तथा दुई जर्मन कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाइएको उक्त मुद्दा अब विशेष अदालतमा थप सुनुवाइका लागि अघि बढ्नेछ।

Facebook Comments Box
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
२१ घण्टा अगाडि

2.2kViews 380 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्साले आवास योजनासम्बन्धी सूचना उपलब्ध…

TOP
138 Shares