फिलिपिन्स बाढी : ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो।          बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने मौसम विभागले जनाएको छ।एजेन्सी

Facebook Comments Box
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
२१ घण्टा अगाडि

2.2kViews 380 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्साले आवास योजनासम्बन्धी सूचना उपलब्ध…

TOP
Shares