

काभ्रेमा सम्बन्ध विच्छेद : नौ महिनामा तीन सय ६५ मुद्दा दर्ता
काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा तीन सय ६५ मुद्दा दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई सम्बन्ध विच्छेदको सहज अधिकार प्रदान गरेका कारण यस्ता घटनामा वृद्धि हुन थालेको विश्लेषण गर्न थालिएको छ । अदालतका अनुसार सम्बन्ध विच्छेदको उक्त सङ्ख्या विसं २०७९ साउन महिनादेखि चैतसम्मको हो । चालु आवको उक्त घटना दर्ता अघिल्लो आवको भन्दा निकै बढी भएको अदालतका श्रेष्तेदार गोविन्द घिमिरेले बताए । उनका अनुसार वैशाख महिनामा करिब दुई दर्जन सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । “अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदसम्बन्धी घटना यो वर्ष ह्वात्तै बढेको पाइयो, यो निकै डरलाग्दो सङ्ख्या हो”, घिमिरेले भने ।जिल्ला अदालतमा गत वर्ष डेढ सयको हाराहारीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जनाइएको छ । जेठ महिना लाग्दै गर्दा अदालतमा दैनिक सम्बन्ध विच्छेदका घटना दर्ता भइरहेको घिमिरेले बताए । उनले भने- “सम्बन्ध विच्छेदका कारण उनीहरुबाट जन्मेका सन्तान बेवारिसे हुन थालेको गुनासो आउन थालेका छन् । बाल मस्तिकमा पार्ने प्रभावले भविष्यमा उत्पन्न हुने जोखिमलाई सोच्न भने सकिएको छैन ।”
सम्बन्ध विच्छेदका घटनाको ग्राफ बढिरहँदा समाजमा नकारात्मक असर पुर्याउने चिन्ता व्यक्त गर्न थालिएको छ । घिमिरेका अनुसार सम्बन्ध विच्छेद भएका घटनामा पनि सम्पत्तिको हक दाबी कार्यान्वयनमा कठिनाइ देखिएको छ । केहिले सम्बन्ध विच्छेदको सट्टा अंश चलन र मानाचामलमा मुद्दा दर्ता गरेका छन् ।
जिल्लामा फौजदारी सरकारवादी अन्तर्गत दर्ता हुने मुद्दामध्ये डरलाग्दो तथ्याङ्क देखिएको करणीसम्बन्धी मुद्दा रहेका छन् । हरेक महिना चारभन्दा धेरै जबरजस्ती करणीका घटना दर्ता हुने गरेको अदालती तथ्याङ्कले देखाएको छ । यही अवधिमा महिनाको अवधीमा ४१ करणीसम्वन्धी मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ । जसमा जबर्जस्ती करणीसम्बन्धी ३६ र बालयौन दुर्व्यवहार चारवटा र जबर्जस्ती करणी उद्योगमा एउटा मुद्दा दर्ता भएको हो ।
सहमतिमा सम्बन्ध राख्ने र पछि परिवार, समाज र आफन्तले जानकारी पाएपछि जबर्जस्ती करणीमा अभियोग दर्ता भएका केही मुद्दा पनि रहेको जनाइएको छ । प्रेम गर्ने, सम्बन्ध रहने अनि परिवारले थाहा पाएर असमझदारी भएको दिन जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको पाइएको छ । यस्ता घटनामा एकल महिला, बालिकादेखि बृद्धासम्म जबरजस्ती करणीका सिकार बनेको घटनाक्रमले देखाएको छ ।
जिल्ला अदालत धुलिखेलमा दर्ता भएकामध्ये अंश चलनसम्बन्धी एक सय ७५ थान मुद्दा यस वर्षका छन् । नौ महिनाको अवधिमा महिलाले १६ मानाचामलमा र एक सय ७५ वटा अंश चलनसम्बन्धी मुद्दा दर्ता गराएको घिमिरेले जानकारी दिए । उनका अनुसार यही अवधिमा बहुविवाहसम्बन्धी छ मुद्दा दर्ता भएका छन् ।
अदालतमा आव २०७८–७९ बाट चालु आव २०७९–८० का लागि एक हजार पाँच सय ५५ थान मुद्दाको जिम्मेवारी सरेको थियो । नौ महिनाको अवधिमा एक हजार तीन सय ६२ थान दर्ता भएका छन् । कूल मुद्दाको सङ्ख्या दुई हजार नौ सय १७ पुगेको छ ।
जसमध्ये गत चैत्र महिनामा मात्रै दुई सय ९४ फछ्र्यौट भएका छन् भने छ महिना अवधिका दुई सय ९१, एक वर्ष अवधिका पाँच सय चार, डेड वर्ष अवधिका दुई सय ४०, दुई वर्ष अवधिका एक सय ६६ र दुई वर्ष नाघेका दुई सय ७७ गरी कूल एक हजार चार सय ७८ मुद्दा फैसला भएका छन् । प्रतिशतका हिसाबले यो ५० दशमलव ६७ प्रतिशत हो । 
अदालतमा अझै दुई वर्ष नाघेका एक सय ४६, दुई वर्ष सम्मका ८४, डेड वर्ष अवधिका दुई सय आठ, एक वर्ष अवधिका तीन सय ९६, छ महिनाभित्रका छ सय पाँच गरी कूल एक हजार चार सय ३९ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जनाइएको छ ।रासस
समाज
थप सामाग्री-
बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन
-
नागरिकले मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुन पर्छ ः अधिवत्ता बिष्णु गिरी
-
राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
२२ घण्टा अगाडि
2.2kViews 380 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्साले आवास योजनासम्बन्धी सूचना उपलब्ध…



