अमेरिकाद्वारा भेनेजुएलाको भूभागमाथि भीषण आक्रमण , अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएको भन्दै कडा निन्दा

काठमाडौँ । भेनेजुएलाजस्तो सार्वभौम राष्ट्रमाथि अमेरिकाले सैन्य आक्रमण गरेको आरोप खेदजनक भएको भन्दै कडा प्रतिक्रिया व्यक्त गरिएको छ। शनिबार जारी गरिएको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको गम्भीर उल्लङ्घन भएको आरोप लगाइएको छ।
विज्ञप्तिमा अमेरिकाले भेनेजुएलाको भूभागविरुद्ध गरेको भनिएको सैन्य कारबाहीले क्षेत्रीय शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय व्यवस्थामाथि गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ। यस्तो कार्यले सार्वभौम राष्ट्रको स्वतन्त्रता र आत्मनिर्णयको अधिकारमाथि प्रहार गरेको दाबी गरिएको छ।
अन्तर्राष्ट्रिय समुदायलाई यस विषयमा गम्भीर ध्यान दिन आग्रह गर्दै विज्ञप्तिमा शक्ति प्रयोगको सट्टा कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय कानुनको सम्मानमार्फत समस्या समाधान गर्न आह्वान गरिएको छ। साथै, विश्व शान्ति र स्थिरताको पक्षमा सबै राष्ट्रहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।

Facebook Comments Box
TOP
352 Shares