सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन

सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ।

शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात भएर एसपी घिमिरेको निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बाहिनी सुनसरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिए।

‘हृदयघात भएको हो। उहाँलाई दिउँसो पनि एक पटक अट्याक भयो। पछि ठिक भयो भनेर फर्किनुभएको थियो। साँझ फेरि अट्याक भएपछि अस्पताल लगिएको थियो,’ उनले भने।

बेलुकी विराट मेडिकल अस्पतालमा सिपिआर दिइएको र थप उपचारका क्रममा उनको निधन भएको न्यौपानेले बताए।

एसपी घिमिरे चितवनस्थित ३ नम्बर गण गढीमाईको प्रतिनिधिको रूपमा कार्यक्रममा उपस्थित हुन पुगेका थिए।

Facebook Comments Box
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
१४ घण्टा अगाडि

2.3kViews 240 Shares Share on Facebook Share on Twitter मेष योजनाबद्ध तरिकाले कार्य गर्दा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी…

TOP
420 Shares