

तनहुँको बेलचौतारास्थित नेपाल पुलिस स्कुल बेलचौतारामा ४१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ उत्साहपूर्वक सम्पन्न
तनहुँको बेलचौतारास्थित नेपाल पुलिस स्कुल बेलचौतारामा ४१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित विशेष समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी तुलाबहादुर कार्कीले पानसमा दीप प्रज्वलन तथा देवी सरस्वतीको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्नुभयो। सोही अवसरमा विद्यार्थीहरूका सिर्जनात्मक लेख–रचना, विद्यालयका वर्षभरिका गतिविधि तथा महत्वपूर्ण उपलब्धिहरू समेटिएको विद्यालयको वार्षिक मुखपत्र “दीपन” स्मारिकाको लोकार्पण समेत गरिएको थियो।
कार्यक्रमको पहिलो सत्रमा शैक्षिक वर्ष २०८०/८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न तहका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी तथा शिक्षकहरूलाई पनि प्रमुख अतिथि तथा अन्य अतिथिहरूद्वारा पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।
दोस्रो सत्रमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम, पी.टी. प्रदर्शन, नृत्य तथा संगीत प्रस्तुति मार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। विविध सांस्कृतिक झाँकी र आकर्षक प्रस्तुतिले अभिभावक तथा उपस्थित अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै अभिभावक–विद्यालय सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रम अभिभावक, शिक्षक, विद्यार्थी तथा प्रहरी अधिकारीहरूको उल्लेखनीय सहभागिताबीच सफलतापूर्वक सम्पन्न भएको थियो।
समाज
थप सामाग्री-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
१६ घण्टा अगाडि
1.9kViews 237 Shares Share on Facebook Share on Twitter मकवानपुर । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने…



