

अभावभित्र पनि समुदायको आवाज बनेका डा. अन्सारी
तराईको सुनसरी जिल्ला, भौक्राहा नरसिंह गाउँपालिका–४ मा बुवा अनिफ अन्सारी मिया र आमा हदिशा खातुनको कोखबाट २०३७ साल असार १५ गते जन्मिएका अबुलको बाल्यकाल संघर्षमै बित्यो। बिहान सबेरै उठेर भैंसी चराउन लैजानु, दिउँसो विद्यालय पुग्नु, बेलुकी खेतबारी र घरको काममा सघाउनु यही उनको दैनिकी थियो। विद्यालयमा कक्षाकोठा र शैक्षिक सामग्री पर्याप्त थिएन।
कक्षा १० उत्तीर्ण गरेपछि उनले उखु मिलमा फिल्ड अफिसरका रूपमा काम सुरु गरे। किसानहरूको लागत संकलन, उत्पादन व्यवस्थापन, मल–बीउ र सिंचाइसम्बन्धी समन्वय उनका जिम्मेवारी थिए। किसानका समस्या समाधान गर्न घर–घर पुग्थे। यस क्रममा उनले श्रमको मूल्य, किसानको दुःख र ग्रामीण अर्थतन्त्रको वास्तविकता नजिकबाट बुझे। कामसँगै उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए।
कक्षा ९ मा उनले पत्रकारितामा पाइला राखे। “सुनसरी आवाज”को सहसम्पादक बने। आफ्नै पहलमा साझा सामुदायिक विकास केन्द्र स्थापना गरे। एचआइभी न्यूनीकरण अभियान, भारतीय सिमानामा नेपाली चेलीबेटी बेचबिखन रोक्ने अभियान—यी सबै उनका प्रारम्भिक योगदान थिए। समाजका अन्याय र असमानताविरुद्ध कलम चलाउने जीवनको हिस्सा बने।
किशोरावस्थादेखि समाजसेवा
कक्षा ९ मा अध्ययनरत रहँदै उनले पत्रकारिता क्षेत्रमा पाइला राखे। विभिन्न पत्रपत्रिकामा काम गर्दै “सुनसरी आवाज”को सहसम्पादकको जिम्मेवारी सम्हाले। साथै, स्पेसटाइम्स दैनिकमा सुनसरी संवाददाताका रूपमा कार्य गरे। कक्षा ९ मा अध्ययनरत रहँदा उनले साझा सामुदायिक विकास केन्द्र स्थापना गरे। एचआइभीजस्ता प्राणघातक रोगको न्यूनीकरण अभियान सञ्चालन गरे। भारतीय सिमानामा नेपाली चेलीबेटी बेचबिखन हुन नदिन करिब पाँच वर्षसम्म निरन्तर सचेतना अभियान चलाए। त्यही समयदेखि समाजका मुद्दा उठाउने, अन्याय र असमानताविरुद्ध कलम चलाउने उनको जीवनको हिस्सा बन्यो ।
अबुल उच्च शिक्षामा पनि अब्बल !
उच्च शिक्षाका लागि भारत र बंगलादेश पुगेका अबुलले ढाका युनिभर्सिटी, अतिश दिपंकर युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, र बंगलादेश एग्रिकल्चर युनिभर्सिटीमा अध्ययन गरे। स्नातकोत्तरसहित डाक्टर बनेर नेपाल फर्किए। तर उनी डाक्टर मात्रै भएनन्—समाजसेवी, नेता र संकटमा नेतृत्व दिने व्यक्ति बने। उनलाई शैक्षिक रूपमा मात्र होइन, दृष्टिकोणका हिसाबले पनि परिपक्व बनायो। अध्ययनपछि उनी डाक्टर बनेर नेपाल फर्किए।
सामाजिक चेतना र सीमाक्षेत्रमा सक्रियता
चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा पनि उनी अग्रपंक्तिमा रहे। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालासँग समन्वय गर्दै सीमाक्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे।
भूकम्पमा सहयोग
नेपालमा भूकम्प गएको बेला उनले आफ्नो अस्पताल र एम्बुलेन्स घाइतेहरूको उपचारका लागि परिचालन गरे। हालै जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि उनले साढे चार लाख रुपैयाँ बराबरको अत्यावश्यक औषधि जाजरकोट र पश्चिम रुकुम पठाए। विभिन्न संघ–संस्थाहरू राहतमा जुटिरहेका बेला उनले आफ्नो सामाजिक उत्तरदायित्व सम्झँदै व्यक्तिगत रूपमा सहयोग गरेका छन्।
कोरोना महामारीमा अबुलको पहल
कोरोना महामारीका बेला, जब लाखौं जनताको ज्यान जोखिममा थियो, उनले पाँचवटा विमान चार्टर गरेर औषधि तथा स्वास्थ्य सामग्री नेपाल ल्याए। नेपाल सरकार लगायत विभिन्न स्थानमा औषधि तथा उपचार सामग्री सहयोग गरेका थिए। उनका कम्पनीहरू—अयान हेल्थ केयर प्राइभेट लिमिटेड तथा आयल लाइफ केयर प्राइभेट लिमिटेड—मार्फत औषधि आयात गर्दा नेपाल सरकारलाई करिब ४२ लाख रुपैयाँ बचत गराउन सफल भएको उल्लेख गरिएको छ।
कोरोना समयमा स्वास्थ्यकर्मीहरू घर नजाऊन् र भोकै नबसून् भन्ने उद्देश्यले अस्पतालमै निःशुल्क भोजन वितरणको व्यवस्था गरिएको थियो। देशमा औषधिको अभाव हुँदा उनले पारासिटामोल औषधि ४० वटा जिल्लामा करिब ४० लाख ट्याब्लेट निःशुल्क वितरण गरे।
कोरोना महामारीका बेला, जब देश औषधि र स्वास्थ्य सामग्रीको अभावसँग जुधिरहेको थियो, उनले आफ्नो अनमोल हस्पिटल एण्ड रिसर्च सेन्टरमार्फत बंगलादेशबाट करिब पाँचवटा चार्टर विमानमार्फत औषधि नेपाल ल्याए।
उनी सम्झन्छन्—त्यो समय छिमेकी मुलुकहरू स्वयं संकटमा थिए। आफ्नो कम्पनीले ल्याएको विमानमा नेपाल सरकारका औषधि सामग्रीसमेत ल्याइदिँदा करिब ३७ लाख रुपैयाँ बचत गराउन सकेको उनी बताउँछन्।
काठमाडौंका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू भोकै बस्न नपरोस् भनेर उनले दुई अन्य संस्थासँग मिलेर दैनिक निःशुल्क भोजनको व्यवस्था गरे। औषधि वितरणका क्रममा एक किलोमिटरसम्म लाइन लाग्थ्यो। प्रशासनले सहयोग गर्दै वितरणलाई व्यवस्थित बनाएको उनी सम्झिन्छन्। केही वर्षअघि प्यारासिटामोल अभाव हुँदा उनले करिब ४० लाख ट्याब्लेट निःशुल्क वितरण गरे।
व्यवसायसँगै सेवा
उनी भन्छन्, मैले व्यवसाय मात्र गरिन, व्यवसायसँगै समाजसेवालाई निरन्तरता दिएको छु। व्यवसायीले केवल नाफा सोच्नु हुँदैन, सकेसम्म अरूलाई सहयोग गर्नुपर्छ। एउटा नेपाली अर्को नेपालीको सुख–दुःखमा साथ दिनुपर्छ।”
अहिले पनि गरिब तथा अति आवश्यक परेका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएका छन्। बिरामीका आफन्तलाई भोकै बस्न नपरोस् भनेर अस्पतालमा निःशुल्क भोजनको व्यवस्था मिलाउने कार्य जारी छ।
भैंसी चराउँदै ठूलो सपना देख्ने त्यो बालक आज डाक्टर, व्यवसायी र समाजसेवी बनेका छन्। तर उनको मूल पहिचान अझै पनि सेवा र समर्पणमै जोडिएको छ।उनको जीवनले देखाउँछ संघर्षले मान्छेलाई तोड्दैन, गढ्छ। अभावले सपना मार्दैन, यदि विश्वास जीवित छ भने। शिक्षा, सेवा र समर्पण नै साँचो नेतृत्वको आधार हो। यसअघि पनि एचआइभी न्यूनीकरण र सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएका थिए।
राजनीतिक र सामाजिक चेतना
परिवारमै राजनीतिक वातावरण थियो। उनका बुबा लामो समयदेखि राजनीतिक रूपमा सक्रिय हुनुहुन्थ्यो। त्यही प्रेरणाले उनी पनि समाज र समुदायको हकहितका लागि अगाडि बढे। उनी युवा नेता, महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन्। उनका लागि राजनीति व्यक्तिगत स्वार्थको माध्यम होइन, समाज सुधारको साधन हो। मुस्लिम समुदायले संविधानले दिएको सेवा–सुविधा अझै व्यवहारमा पूर्ण रूपमा प्राप्त गर्न नसकेको उनको धारणा छ। मदरसा बोर्ड गठन हुन नसक्नु तथा संघीय निजामती सेवा विधेयक कार्यान्वयनमा ढिलाइ हुँदा मुस्लिम युवाहरूले सरकारी सेवामा पाउने सुनिश्चित अवसर नपाएको विषयमा उनी निरन्तर आवाज उठाइरहेका छन्।
उनी भन्छन्, मदरसा बोर्ड गठन हालसम्म हुन नसक्नु र संघीय निजामती सेवा विधेयक कार्यान्वयनमा नआउँदा मुस्लिम युवाहरूले सरकारी सेवामा पाउने कोटा सुनिश्चित हुन सकेको छैन। यही विषयमा उनी निरन्तर आवाज उठाउँदै आएका छन्।
समाज
थप सामाग्री-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
१५ घण्टा अगाडि
1.9kViews 237 Shares Share on Facebook Share on Twitter मकवानपुर । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने…



