चैत्र ७, शनिबार बिहान ५ बजे: बिहारबाट आएको वर्षा प्रणाली चितवन हुँदै काठमाडौंतर्फ, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । भारतको बिहार राज्यको गोरखपुर–बगाहा क्षेत्र हुँदै आएको वर्षा प्रणाली (रातो भाग) नेपाल प्रवेश गर्ने क्रममा रहेको छ। यो प्रणाली चितवनको माडी क्षेत्र नजिक पुगिसकेको छ र बिस्तारै उत्तर–पूर्वतर्फ सर्ने देखिएको मौसम विश्लेषण गरिएको छ।
पहिलेदेखि सक्रिय रहेको स्थानीय वर्षा प्रणालीसँग ठोक्किँदा चितवन र आसपासका क्षेत्रमा केही समयका लागि ठूलो वर्षा गराउने सम्भावना उच्च रहेको छ। विशेषगरी पश्चिम चितवनदेखि पूर्वी चितवनसम्मका भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी धादिङ, मकवानपुर लगायत उत्तरी क्षेत्रहरूमा पनि प्रभाव देखिने सम्भावना रहेको छ। मौसमविद्का अनुसार यो प्रणाली बिहान करिब १०–११ बजेसम्म काठमाडौं उपत्यका आइपुग्न सक्छ।
यद्यपि काठमाडौं उपत्यका पुग्दा प्रणाली कमजोर भइसकेको हुने भएकाले त्यहाँ भारी वर्षाको सम्भावना भने कम रहेको छ। यो वर्षा अधिकतम ३ घण्टासम्म मात्र रहने अनुमान गरिएको छ।
वर्षापछि भने पश्चिम तथा काठमाडौंसहित मध्य क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै जाने जनाइएको छ।
सावधानी:
स्थानीय बासिन्दालाई अचानक हुने भारी वर्षा, सडक अवरोध र सम्भावित बाढी–पहिरोबाट सतर्क रहन आग्रह गरिएको छ।

Facebook Comments Box
नेपालबाट हज यात्रामा जाने १ हजार २११ हाजीलाई भव्य बिदाइ, पवित्र यात्राको सफलताको कामना
१५ घण्टा अगाडि

1.8kViews 218 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान धार्मिक यात्राका रूपमा चिनिने पवित्र हजका…

TOP
415 Shares