
रामपुर खापमा मन्दिरा सुवालको भावुक विदाई, नयाँ प्रमुख हनक किवा राईलाई भव्य स्वागत

रौतहट — रौतहट जिल्लाको मध्य–पश्चिम क्षेत्रमा अवस्थित वि.ओ.पि. रामपुर खापकी प्रमुख मन्दिरा सुवाललाई स्थानीयवासीले भव्य तथा भावुक विदाई गरेका छन्। उनको कार्यकालको प्रशंसा गर्दै आयोजित “फेरि भेटौँला” कार्यक्रममार्फत स्थानीय राजनीतिक दलका नेता, समाजसेवी तथा पत्रकारहरूले दुशाला ओढाएर मायाको चिनो प्रदान गरेका थिए।
छ महिनाको छोटो अवधिमा नै सुवालले तस्करी नियन्त्रण, शान्ति सुरक्षा सुदृढीकरण र सुशासन कायम गर्न उल्लेखनीय भूमिका खेलेको स्थानीयहरूको भनाइ छ। कार्यक्रममा बोल्दै सुवालले आफ्नो कार्यकालमा स्थानीय जनताबाट पाएको साथ र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा फेरि रौतहट फर्किने आशा व्यक्त गरिन्।
उनको विदाईका क्रममा सयौं स्थानीय बासिन्दा वि.ओ.पि. कार्यालयमा उपस्थित भएका थिए। भावुक वातावरणमा सम्पन्न कार्यक्रममा सुवालले जनतासँगको आत्मीय सम्बन्ध र माया–प्रेमको अनुभव साझा गर्दा धेरैको आँखा रसाएका थिए।
यसैबीच, वि.ओ.पि. रामपुर खापका नयाँ प्रमुखका रूपमा हनक किवा राईलाई पनि स्वागत गरिएको छ। कार्यक्रममा सहभागी स्थानीयहरूले नयाँ नेतृत्वलाई कानुनसम्मत रूपमा शान्ति सुरक्षा कायम राख्दै जनताको अपेक्षा पूरा गर्न सुझाव दिएका थिए।
नवनियुक्त प्रमुख राईले स्थानीय समस्या समाधानलाई प्राथमिकतामा राख्दै जनतासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। यसअघि कोशी प्रदेशको एक नम्बर गणमा कार्यरत रहेका राई अब परोहा नगरपालिका–९, रामपुर खापमा आफ्नो जिम्मेवारी सम्हाल्न आइपुगेका छन्।
स्थानीयवासीको विश्वास र अपेक्षाबीच नयाँ नेतृत्वले कस्तो काम देखाउने हो भन्ने चासो बढ्दो छ।
समाज
थप सामाग्री-
मदन भण्डारी र जनता आवास कार्यक्रममा ‘नांगो भ्रष्टाचार’, अख्तियार मौन
-
एसएसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालय पोखरा कार्यसम्पादनमा सर्वोत्कृष्ट
-
आज असोज ५ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
भासियो बेंसीसहर–चामे सडक, यातायात सञ्चालनमा कठिनाइ
-
आगामी साता नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु
८ घण्टा अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter गोरखा । मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ।…





