

नेपाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले एआई तथा नवप्रवद्र्धनात्मक प्रविधिहरुसँग विद्यार्थीहरुलाई जोड्दै उनीहरुको सिकाईलाई अझ प्रभावकारी बनाउन नेक्स्ट एआईसँग समझदारी (एमओयू) कायम गरेको छ । इन्जिनियरिङ शिक्षाका लागि नेपालकै नमूना कलेजका रुपमा स्थापित नेकले अध्ययन गर्दागर्दै विद्यार्थीहरुलाई उद्योग र नवप्रर्वद्धन क्षेत्रमा जोड्नका लागि नेक्स्ट एआईसँग सहकार्य गरेको हो ।
एमओयूमा कलेजको तर्फबाट कम्प्युटर इन्जिनियरिङ विभागकी विभागीय प्रमुख सहायक प्राध्यापक अंशु घिमिरे तथा नेक्स्ट एआईका संस्थापक क्षितिज रिमालले हस्ताक्षर गर्नुभयो ।
“हाम्रा विद्यार्थीहरूको लागि कृत्रिम बुद्धिमत्ता र उदीयमान प्रविधिहरूको क्षेत्रमा इन्टर्नशिप सहित क्षमता विकासमा अवसरहरू सृजना गर्ने, उद्योग र प्राविधिक शिक्षालाई जोेड्न यो समझदारी गरिएको हो । यसले विद्यार्थी र उद्योग दुवैलाई फाइदा हुनेछ ।” कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले बताउनु भयो ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा आजभन्दा ३१ वर्ष अगाडी स्थापित कलेजले विद्यार्थीको अध्ययन र सिकाईका लागि विभिन्न संस्था तथा उद्योगहरुसँग सहकार्य गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने गरेको छ ।
पूर्णकालिन फ्याकल्टी, आफ्नै सुविधा सम्पन्न पूर्वाधार सहित शान्त तथा हरियाली वातावरणमा अवस्थित यस कलेजले हरेक वर्ष सयौं विद्यार्थीहरुलाई आकर्षक छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
१३ घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



