

डीआईजी सानुराम भट्टराईको कैलाली प्रहरीमा निरीक्षण, नागरिकमैत्री सेवा र प्रभावकारी अनुसन्धानमा जोड
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण गर्दै नागरिकमैत्री सेवा, प्रभावकारी अपराध अनुसन्धान र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन दिनुभएको छ।
निरीक्षणका क्रममा डीआईजी भट्टराईले कार्यालय अन्तर्गतका विभिन्न शाखा, प्रहरी गतिविधि, अभिलेख व्यवस्थापन, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सम्बन्धी कार्यहरूको स्थलगत अवलोकन गर्नुभएको थियो। उहाँले कार्यालयको समग्र कार्यसम्पादन, सेवा प्रवाहको अवस्था तथा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी समेत लिनुभएको थियो।
निरीक्षणपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै डीआईजी भट्टराईले प्रहरी सेवालाई थप व्यावसायिक, पारदर्शी र नागरिकमुखी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जनताका गुनासा तथा समस्याको तत्काल सम्बोधन गर्न, अपराध अनुसन्धानलाई वैज्ञानिक र प्रभावकारी बनाउन तथा अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग बढाउन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
त्यसैगरी, फरार प्रतिवादी पक्राउ, अपराध नियन्त्रण तथा कानुन कार्यान्वयनका कार्यलाई उच्च प्राथमिकतामा राखी परिणाममुखी ढंगले अघि बढ्न उहाँले आग्रह गर्नुभयो। शान्ति सुरक्षा कायम राख्न प्रहरीको सक्रियता, संवेदनशीलता र जवाफदेहिताको भूमिका अझ महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
डीआईजी भट्टराईले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सेवाग्राहीप्रति शिष्ट, मर्यादित तथा जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिँदै संगठनको गरिमा उच्च राख्ने गरी इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
उहाँको निरीक्षण तथा निर्देशनले जिल्ला प्रहरी कार्यालय कैलालीको सेवा प्रवाह, अपराध नियन्त्रण तथा अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
गृहमन्त्री बसेको होटलको खानामा अखाद्य वस्तु फेला, चितवनमा होटल अनुगमन तीव्र
-
प्रहरी श्रीमती संघद्वारा बुटवलमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न
-
बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन
-
नागरिकले मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुन पर्छ ः अधिवत्ता बिष्णु गिरी
-
राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
१२ घण्टा अगाडि
2.2kViews 240 Shares Share on Facebook Share on Twitter मेष योजनाबद्ध तरिकाले कार्य गर्दा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी…



