

झापाको बाहुनडाँगीमा जंगली हात्तीको आतंक : रोपाइँ छोडेर बासिन्दा ज्यान जोगाउन संघर्षमा
झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने महत्वपूर्ण समय हो। तर झापाको मेचीनगर–४ बाहुनडाँगीका स्थानीयका लागि भने यो समय खेतीपातीभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले बढी तनावपूर्ण बनेको छ।
भारततर्फबाट छावा (हात्तीका बच्चा) सहित प्रवेश गर्ने जंगली हात्तीका बथान गाउँमै दिनभर बस्न थालेपछि स्थानीयवासी त्रासमा छन्। दैनिक ४० देखि ५० वटासम्मको संख्यामा आउने हात्तीका समूह कहिले भारततर्फ फर्किन्छन् त कहिले बाहुनडाँगीकै चियाबारी र झाडी क्षेत्रमा दिनभर आश्रय लिने गरेका छन्।
छावासहित आएका हात्ती बढी आक्रामक हुने भएकाले कुनै पनि बेला अप्रिय घटना हुन सक्ने डरले स्थानीयमा गहिरो त्रास फैलिएको छ। यही कारण बालबालिकालाई विद्यालय पठाउनसमेत कठिन भएको अभिभावकहरूको गुनासो छ। बाटोमै हात्ती भेटिने जोखिमका कारण बालबालिकाको पठनपाठन प्रभावित भएको उनीहरू बताउँछन्।
धान रोपाइँको मुख्य सिजन भए पनि किसानहरू खेतमा पस्न नसकेर दिनभर हात्ती धपाउनमै व्यस्त हुन बाध्य भएका छन्। हिलो खेतमा रोपाइँ छोडेर उनीहरू ज्यानको जोखिम मोलेर हात्ती लखेट्न बाध्य भएको अवस्था छ।
स्थानीय युवा समूह र प्रहरी प्रशासनको संयुक्त टोलीले साइरन बजाउने, आवाज निकाल्ने तथा विभिन्न उपाय अपनाएर चियाबारी र बस्ती आसपास लुकेर बस्ने हात्तीलाई मानव बस्तीबाट टाढा धपाउने प्रयास गर्दै आएका छन्। तर, स्थानीयका अनुसार यी प्रयासहरू केवल अस्थायी मात्र सावित भइरहेका छन्।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली निरन्तर रूपमा फिल्डमै खटिएर नागरिक सुरक्षाका लागि काम गरिरहेको बताएका छन्। उनका अनुसार हात्ती नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि समन्वयात्मक प्रयास जारी छ।
समाज
थप सामाग्री-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
-
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
-
कान्तिलोकपथमा फेरि पहिरो, भर्याङडाँडामा सडक अवरुद्ध; ठिंगन खण्ड सञ्चालनमा
-
देशका विभिन्न स्थानमा आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
लुम्बिनीमा अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
१५ घण्टा अगाडि
1.6kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…





