

पुस्तान्तरणको बहस साम्राज्यवादी एजेन्डा हो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तान्तरणको बहसलाई साम्राज्यवादी एजेन्डाको रूपमा व्याख्या गरेका छन्।
सोमबार बसेको पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पुस्तान्तरणको विषयलाई अनावश्यक रूपमा उचालिएको दाबी गरेका हुन्। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले भने, “पुस्तान्तरण भन्ने कुरा साम्राज्यवादी एजेन्डा हो। साम्राज्यवादीहरूले ल्याएका एजेन्डा हुन्, पुस्तान्तरणको कुरा सही होइन।”
महाधिवेशनको तयारीका लागि आयोजित उक्त बैठकमा प्रचण्डले मुख्य रूपमा तीन विषयमा आफ्नो धारणा राखेका थिए। उनले महाधिवेशनको नियमावली तथा आचारसंहिताको मस्यौदा प्रस्तुत गर्दै केन्द्रीय सदस्यहरूबाट सुझाव मागेका थिए।
त्यसैगरी, नेकपा र एमालेबीचको सम्बन्धबारे स्पष्ट पार्दै उनले हाल एकता नभई सहकार्यको चरणमा रहेको बताएका थिए। “एमालेसँग एकता होइन, सहकार्यको कुरा हो। अहिले सहकार्य गर्ने हो,” उनले बैठकमा बताएका थिए।
प्रचण्डले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रीय सदस्यहरूलाई गाउँ–गाउँमा पुगेर महाधिवेशनको तयारीमा सक्रिय हुन निर्देशन दिएका थिए। “अब नयाँ ढंगले जानुपर्छ। पार्टीलाई नयाँ ढंगले अगाडि लैजानुपर्छ,” भन्दै उनले संगठन विस्तार र जनसम्पर्कलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।
यसैबीच, प्रचण्डले बालेन्द्र नेतृत्वको सरकार धेरै समय टिक्न नसक्ने दाबी पनि गरेका छन्। उनले सरकारका हालसम्मका गतिविधि सन्तोषजनक नरहेको टिप्पणी गर्दै भने, “सरकार ठीक ढंगले गइरहेको छैन। यो सरकार त्यति लामो जाँदैन।”
समाज
थप सामाग्री-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
-
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
-
कान्तिलोकपथमा फेरि पहिरो, भर्याङडाँडामा सडक अवरुद्ध; ठिंगन खण्ड सञ्चालनमा
-
देशका विभिन्न स्थानमा आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
लुम्बिनीमा अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि
1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…





