एक हप्तामै ट्राफिक कारवाहीबाट १ करोड १७ लाख राजस्व संकलन, १६ हजारभन्दा बढी चालक कारवाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्ताको अवधिमा १ करोडभन्दा बढी राजस्व संकलन गरेको छ। असार ८ गतेदेखि असार १४ गतेसम्म गरिएको विशेष ट्राफिक कारवाही अभियानमार्फत कुल १ करोड १७ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको हो।

उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १६ हजार ३ सय ३३ सवारीचालक कारवाहीमा परेका छन्। ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउने, नियमविपरीत राइड सेयरिङ गर्ने, संकेत बत्ती उल्लंघन गर्ने तथा तीव्र गतिमा सवारी चलाउने चालकहरूलाई कारवाही गरेको जनाएको छ।

त्यस्तै लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, एकतर्फी सडकमा सवारी चलाउने, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने तथा पार्किङ निषेधित क्षेत्रमा पार्किङ गर्ने सवारीसाधनलाई पनि कारवाही गरिएको छ।

ट्राफिक व्यवस्थापन र सडक अनुशासन कायम गर्न सञ्चालन गरिएको यो अभियान प्रभावकारी बनेको ट्राफिक प्रहरीको मूल्यांकन छ।

यसैबीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेको नेतृत्वमा भएको कडाइयुक्त कारवाही अभियानलाई सफल र परिणाममुखी भन्दै उच्च प्रशंसा गरिएको छ। उहाँको सक्रियता, कडाइ र व्यवस्थित कार्यशैलीका कारण उपत्यकामा ट्राफिक अनुशासन सुधारतर्फ सकारात्मक संकेत देखिएको सरोकारवालाहरूले बताएका छन्।

Facebook Comments Box
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि

1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…

TOP
491 Shares