जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । गाब्रिएल मार्टिनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मार्टिनेलीले इन्जुरी टाइमको पाँचौँ मिनेटमा गोल गर्दै ब्राजिललाई जित दिलाएका हुन् ।

पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि

1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…

TOP
150 Shares