

काठमाडौंमा आफूलाई प्रहरी भन्दै हतकडी लगाई लुटपाट गर्ने गिरोहका चार जना पक्राउ
काठमाडौं । आफूहरू प्रहरी भएको नाटक गर्दै एक व्यक्तिलाई हतकडी लगाएर नगद, मोबाइल र बैंक चेक लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने समूहले प्रहरी हुँ भन्ने बहानामा पीडितलाई नियन्त्रणमा लिई लुटपाट गरेको खुलेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, टोखा नगरपालिका–१ का ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ की ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।
प्रहरीका अनुसार धनबहादुर मोक्तान जग्गा खरिदका लागि काठमाडौं आएका बेला शेरबहादुर मोक्तानको कोठामा उनीहरूसँग भेट भएको थियो। सोही क्रममा ६ जनाको समूहमा आएका व्यक्तिहरूले आफूहरू प्रहरी भएको भन्दै उनलाई नियन्त्रणमा लिई हतकडी लगाएका थिए।
त्यसपछि डर, त्रास र धम्की देखाउँदै पीडितसँग रहेको नगद १० लाख ९५ हजार रुपैयाँ, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका व्यक्तिहरूको खोजतलासका क्रममा असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरिएको हो। उनीहरूबाट दुई लाख रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ।
समाज
थप सामाग्री-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
-
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
-
कान्तिलोकपथमा फेरि पहिरो, भर्याङडाँडामा सडक अवरुद्ध; ठिंगन खण्ड सञ्चालनमा
-
देशका विभिन्न स्थानमा आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
लुम्बिनीमा अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि
1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…





