

‘रोनाल्डोसँग खेल्नु सम्मानको कुरा हो, तर म जित्न चाहन्छु’ : लामिन यामालw
काठमाडौं । स्पेनका युवा स्टार लामिन यामालले पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोविरुद्ध खेल्न पाउनु आफ्नो लागि सम्मानको विषय भए पनि मैदानमा आफ्नो मुख्य लक्ष्य जित हासिल गर्नु रहेको बताएका छन्।
विश्वकप २०२६ अन्तर्गत स्पेन र पोर्चुगलबीच हुने बहुप्रतीक्षित खेलअघि सञ्चारकर्मीसँग कुरा गर्दै १८ वर्षीय यामालले रोनाल्डोप्रति सम्मान व्यक्त गर्दै भने, “क्रिस्टियानो रोनाल्डोजस्ता महान् खेलाडीसँग खेल्न पाउनु सम्मानको कुरा हो, तर म जित्न चाहन्छु।”
यामालले स्पेन कुनै पनि टोलीसँग नडराउने उल्लेख गर्दै टोलीको सम्पूर्ण ध्यान जितमा केन्द्रित रहेको बताए। उनका अनुसार मैदानमा सम्मान आफ्नो ठाउँमा भए पनि अन्तिम परिणाम नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ।
स्पेन र पोर्चुगलबीचको यो खेललाई विश्व फुटबलका दुई पुस्ताबीचको प्रतीकात्मक भिडन्तका रूपमा हेरिएको छ। एकातिर ४१ वर्षीय अनुभवी स्टार क्रिस्टियानो रोनाल्डो छन् भने अर्कोतर्फ विश्व फुटबलका उदाउँदा प्रतिभामध्ये एक मानिएका १८ वर्षीय लामिन यामाल।
विश्वभरका फुटबल समर्थकले अनुभवले बाजी मार्ने कि नयाँ पुस्ताले इतिहास रच्ने भन्ने उत्सुकताका साथ यस खेलको प्रतीक्षा गरिरहेका छन्।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





