दुवै सुरक्षा निकायका प्रमुख एकैसाथ विदेश जाने, निमित्त नेतृत्वबारे अनिश्चितता

काठमाडौं । नेपालका दुई प्रमुख सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) एकैसाथ विदेश भ्रमणमा जाने भएपछि दुवै संगठनको नेतृत्व अस्थायी रूपमा कसले सम्हाल्ने भन्ने विषयमा अन्योल देखिएको छ।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजी नारायणदत्त पौडेल संयुक्त राष्ट्रसंघको आयोजनामा अमेरिकामा हुने ‘चिफ अफ पुलिस समिट’मा सहभागी हुन जुलाई ५ देखि ७ सम्म अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

सरकारले दुवै आईजीको विदेश भ्रमण स्वीकृत गरिसकेको भए पनि उनीहरूसँगै जाने तयारीमा रहेका अन्य उच्च अधिकारीहरूको नाम भने कटौती गरिएको स्रोतले जनाएको छ। साथै, संयुक्त राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुनुपर्ने दुवै संगठनका यूएन शाखा प्रमुखहरूलाई समेत अनुमति नदिइएको बताइएको छ।

दुवै शीर्ष कमाण्डर एकैसाथ विदेशिने भएपछि उनीहरूको अनुपस्थितिमा संगठनको दैनिक प्रशासनिक जिम्मेवारी कसलाई दिने भन्ने विषयमा अहिलेसम्म औपचारिक निर्णय भइसकेको छैन। सामान्यतया आईजीको अनुपस्थितिमा वरिष्ठतम एआईजीलाई निमित्त प्रमुख तोक्ने प्रचलन रहे पनि यसपटकको व्यवस्थाबारे स्पष्टता नआएको सुरक्षा स्रोतहरूको भनाइ छ।

दुवै सुरक्षा निकायको नेतृत्व एकैसाथ विदेशिने अवस्थाले आन्तरिक प्रशासनिक व्यवस्थापन र समन्वयमा तत्काल निर्णय आवश्यक हुने देखिएको छ।

Facebook Comments Box
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि

1.7kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…

TOP
387 Shares