

१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढेको छ। करिब २२७ मिलियन अमेरिकी डलर लागतको यस आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको क्षतिपूर्ति निर्धारण गरिएको हो।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले विद्युत्गृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य संरचना निर्माणका लागि आवश्यक जग्गामा रहेका घर, गोठ, टहरा लगायतका संरचनाको मुआब्जा निर्धारण गरेको आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजनाको निर्माणका लागि आर.के. हाइड्रो इन्जिनियरिङ एण्ड एशोसिएट्स प्रालिसँग ठेक्का सम्झौता गरेको छ। २०८० फागुन ७ गते सम्झौता सम्पन्न भए पनि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा निर्माण कार्य केही समय प्रभावित भएको थियो।
आयोजनाको बाँध तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ भने देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृह स्थापना गरिनेछ। उत्पादित विद्युत् तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोडिनेछ।
आयोजनाबाट वार्षिक करिब ५२ करोड युनिट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ। आयोजना तनहुँका बन्दीपुर, व्यास, देवघाट, ऋषिङ, आँबुखैरेनी तथा चितवनको भरतपुर महानगरपालिकाका केही क्षेत्र प्रभावित हुनेछन्।
समाज
थप सामाग्री-
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
-
कर्णालीमा खसेको बसका चालक–सहचालक सहोदर दाजु–भाइ, परिवार शोकमा
-
विद्यालयमा राष्ट्रिय सेवा दल गठन गर्ने विधेयक संसद्मा दर्ता, विद्यार्थीलाई सैन्य तथा राष्ट्रसेवासम्बन्धी तालिम दिइने
-
तेस्रोलिंगी पहिचान मेटाएर दुई लिङ्गमा सीमित गर्ने प्रयासप्रति सुनिल बाबु पन्तको प्रश्न
-
देशभर अविरल वर्षाको असर: मुख्य राजमार्गहरू प्रभावित, केही पूर्ण अवरुद्ध
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
१० घण्टा अगाडि
1.9kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…





