‘क्यूआर पार्टी’ भन्नेहरूलाई हर्क साम्पाङको चुनौती, ‘प्रमाणसहित आरोप लगाउनुस्’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीलाई ‘क्यूआर पार्टी’ भनेर आलोचना गर्नेहरूलाई प्रमाणसहित आरोप लगाउन चुनौती दिएका छन्। दार्चुलामा झोलुङ्गे पुल उद्घाटन कार्यक्रम सकेर काठमाडौं फर्किएका उनले आफूहरूले संकलन गरेको सहयोग रकमको एक रुपैयाँ पनि दुरुपयोग नभएको दाबी गरे।

साम्पाङले लोकतान्त्रिक व्यवस्थामा आलोचना गर्ने अधिकार सबैलाई भए पनि आरोप प्रमाणका आधारमा हुनुपर्ने बताए। उनले आफ्नो पार्टीले संकलन गरेको सहयोग रकमको सम्पूर्ण हिसाब–किताब पारदर्शी रहेको जिकिर गरे।

‘क्यूआर पार्टी भन्नेहरूले पहिले आफूले सहयोग गरेको प्रमाण देखाओस्। एक रुपैयाँ पनि सहयोग नगरी हावामा आरोप लगाएर हुँदैन। यदि सहयोग गरेको हो भने स्क्रिनसट राखेर देखाओस्,’ उनले भने।

उनले कुनै पनि व्यक्ति वा संस्थामाथि प्रमाणबिना आरोप लगाउनु उचित नहुने उल्लेख गर्दै आफ्नो अभियान निरन्तर अघि बढ्ने बताए।

फरक प्रसंगमा साम्पाङले काठमाडौं महानगरपालिकाको कामबारे टिप्पणी गर्दै बालेन शाह नेतृत्वको महानगरले सुरुआती चरणमा केही प्रयास गरे पनि अपेक्षाअनुसार परिणाम आउन बाँकी रहेको बताए। साथै, संविधान संशोधन जनताको हित र देशको आवश्यकताअनुसार हुनुपर्ने धारणा पनि उनले व्यक्त गरे।

Facebook Comments Box
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि

1.7kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…

TOP
106 Shares