

मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा वितरण हुँदै आएको पानी आपूर्ति अस्थायी रूपमा रोकिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार मुहान क्षेत्रमा अत्यधिक पानी धमिलो (टर्बिडिटी बढेको) भएपछि प्रशोधन प्रक्रिया प्रभावित भएको हो। सोही कारण सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी प्रवाह र प्रशोधन कार्य तत्कालका लागि बन्द गरिएको छ।
केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दले भने, “वर्षाका कारण मुहानको पानी अत्यधिक धमिलो भएको छ। पानीको गुणस्तर सुधार भएपछि मात्र पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित तालिकाअनुसार वितरण सुरु गरिनेछ।”
उनका अनुसार निरन्तर वर्षा भइरहेमा काठमाडौँ उपत्यकामा नियमित पानी आपूर्ति पुनः सुचारु हुन केही समय लाग्न सक्नेछ। यस अवधिमा उपत्यकावासीलाई पानीको उपयोगमा संयम अपनाउन समेत अनुरोध गरिएको छ।
समाज
थप सामाग्री-
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
-
कर्णालीमा खसेको बसका चालक–सहचालक सहोदर दाजु–भाइ, परिवार शोकमा
-
विद्यालयमा राष्ट्रिय सेवा दल गठन गर्ने विधेयक संसद्मा दर्ता, विद्यार्थीलाई सैन्य तथा राष्ट्रसेवासम्बन्धी तालिम दिइने
-
तेस्रोलिंगी पहिचान मेटाएर दुई लिङ्गमा सीमित गर्ने प्रयासप्रति सुनिल बाबु पन्तको प्रश्न
-
देशभर अविरल वर्षाको असर: मुख्य राजमार्गहरू प्रभावित, केही पूर्ण अवरुद्ध
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि
1.9kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…





