धनुषाका १० होटलमा गृहमन्त्री महतोको अनुगमन, चार होटललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले धनुषाका १० वटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेका छन्। अनुगमनका क्रममा खाद्य स्वच्छता, सरसफाइ, सेवा प्रवाह तथा उपभोक्ता हितसम्बन्धी मापदण्डको पालना भए–नभएको निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा विभिन्न होटलमा कमजोरी भेटिएपछि चार होटललाई कुल १ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ भने अन्य होटललाई मापदण्डअनुसार सेवा सञ्चालन गर्न सचेत गराइएको छ।

मन्त्री महतोका अनुसार लक्ष्मीनियास्थित बाबाको ढाबा होटललाई ३५ हजार रुपैयाँ, ढल्केबरस्थित द रोयाल समराट होटललाई ५ हजार रुपैयाँ, जनकपुरस्थित बाजेको सेकुवा होटललाई ७५ हजार रुपैयाँ र बर्गर हाउसलाई ३५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

अनुगमन टोलीले होटल व्यवसायीलाई सरसफाइ, खाद्य पदार्थको गुणस्तर, भण्डारण व्यवस्था तथा उपभोक्ता संरक्षणसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। मन्त्री महतोले मापदण्ड उल्लंघन गर्ने व्यवसायमाथि आगामी दिनमा पनि नियमित अनुगमन र आवश्यक कारबाही जारी रहने बताएका छन्।

Facebook Comments Box
TOP
404 Shares