

३० मिलियन दिराम चिठ्ठा जितेका पाँच नेपालीले रकम नेपाल ल्याउन सरकारी सहयोग मागे
काठमाडौं/अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई)मा ३० मिलियन दिराम (करिब १ अर्ब २३ करोड रुपैयाँ) बराबरको चिठ्ठा जितेका पाँच नेपाली युवाले उक्त रकम वैधानिक रूपमा नेपाल पठाउन आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका छन्।
‘द यूएई लोट्ट्री’मार्फत चिठ्ठा जितेका गोरखाका तैयव खान, पाल्पाका सन्दीप बिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदीप न्यौपानेले बिहीबार यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसँग भेट गरी रकम नेपाल भित्र्याउने प्रक्रियामा सहयोग मागेका हुन्।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विजेताहरूले चिठ्ठाबाट प्राप्त रकम कानुनी रूपमा नेपाल ल्याई स्वदेशमै उत्पादनशील क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेका छन्।
भेटका क्रममा राजदूत क्षेत्रीले लगानीका सम्भावित क्षेत्रहरूको अध्ययन गरी नेपालमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिएका थिए। साथै, रकम स्थानान्तरणको प्रक्रियामा दूतावासबाट आवश्यक सहजीकरण र सहयोग उपलब्ध गराइने विश्वास दिलाएका छन्।
समाज
थप सामाग्री-
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
-
कर्णालीमा खसेको बसका चालक–सहचालक सहोदर दाजु–भाइ, परिवार शोकमा
-
विद्यालयमा राष्ट्रिय सेवा दल गठन गर्ने विधेयक संसद्मा दर्ता, विद्यार्थीलाई सैन्य तथा राष्ट्रसेवासम्बन्धी तालिम दिइने
-
तेस्रोलिंगी पहिचान मेटाएर दुई लिङ्गमा सीमित गर्ने प्रयासप्रति सुनिल बाबु पन्तको प्रश्न
-
देशभर अविरल वर्षाको असर: मुख्य राजमार्गहरू प्रभावित, केही पूर्ण अवरुद्ध
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि
1.7kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…





