

मनसुन सक्रिय: देशभर वर्षा, चट्याङ र हिमपातको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आगामी दुई दिनसम्म वर्षा, मेघगर्जन, चट्याङ तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। शुक्रबार दिउँसो पनि देशभर सामान्यतया बदली रहने र हिमाली तथा पहाडी भू-भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले शुक्रबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।
यसैबीच, असार २० गते शनिबार पनि मौसममा उल्लेखनीय सुधार आउने संकेत देखिएको छैन। शनिबार दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने प्रक्षेपण गरिएको छ। देशका विभिन्न स्थानमा मध्यम वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको क्रम जारी रहने महाशाखाले जनाएको छ।
शनिबार राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम पूर्णतया बदली रहने अनुमान गरिएको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
समाज
थप सामाग्री-
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
-
कर्णालीमा खसेको बसका चालक–सहचालक सहोदर दाजु–भाइ, परिवार शोकमा
-
विद्यालयमा राष्ट्रिय सेवा दल गठन गर्ने विधेयक संसद्मा दर्ता, विद्यार्थीलाई सैन्य तथा राष्ट्रसेवासम्बन्धी तालिम दिइने
-
तेस्रोलिंगी पहिचान मेटाएर दुई लिङ्गमा सीमित गर्ने प्रयासप्रति सुनिल बाबु पन्तको प्रश्न
-
देशभर अविरल वर्षाको असर: मुख्य राजमार्गहरू प्रभावित, केही पूर्ण अवरुद्ध
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि
1.7kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…





