

कर्णालीमा खसेको बसका चालक–सहचालक सहोदर दाजु–भाइ, परिवार शोकमा
दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ मा सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको यात्रुवाहक बसका चालक र सहचालक सहोदर दाजु–भाइ रहेको खुलेपछि दुर्घटनाले थप भावुक बनाएको छ।
बिहीबार बिहान सुर्खेतबाट कालिकोटका लागि छुटेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक बस कर्णाली नदीमा खसेको थियो। लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेको र धमिलो भएकाले दुर्घटनाग्रस्त बस अझै फेला पर्न सकेको छैन।
बसका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका २८ वर्षीय तुलाराम सुवेदी र सहचालक उनका सहोदर दाइ ३१ वर्षीय रामप्रसाद सुवेदी रहेको पुष्टि भएको छ। दुवै जना अझै बेपत्ता छन्।
परिवारका अनुसार तुलारामले गएको दसैँमा ऋण लिएर बस खरिद गरेका थिए। त्यसअघि उनी आफ्नी दिदीको गाडी चलाउँथे। आफ्नै बस किनेपछि भारतमा रहेका दाइ रामप्रसादलाई नेपाल बोलाएर दुवैले सँगै व्यवसाय सुरु गरेका थिए। तर केही महिनामै भएको दुर्घटनाले परिवारलाई शोकमा डुबाएको छ।
काका डिल्ली सुवेदीका अनुसार दुवै दाजु–भाइका श्रीमती र साना सन्तान छन्। दुर्घटनापछि परिवारका सदस्य घटनास्थलमै पुगेर खोजी कार्यको नतिजा कुरिरहेका छन्।
प्रहरीका अनुसार बसमा कति जना यात्रु सवार थिए भन्ने अझै यकिन भएको छैन। प्रारम्भिक अनुमानअनुसार ५ देखि ६ जना यात्रु रहेको हुन सक्ने बताइएको छ।
दुर्घटनामा भीरबाट खसेका एक व्यक्तिको शव फेला परेको छ। उनको कालिकोटको पञ्चालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा रहेको आफन्तले सनाखत गरेका छन्।
शुक्रबार बिहानदेखि सशस्त्र प्रहरीका गोताखोर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दासहित करिब २०० जनाको टोलीले कर्णाली नदीमा बेपत्ता बस र यात्रुको खोजी गरिरहेको छ। तर नदीको तीव्र बहाव र लगातारको वर्षाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
दैलेखका प्रहरी प्रमुख डीएसपी श्रवणकुमार विश्वकर्माका अनुसार दुर्घटनास्थल अत्यधिक जोखिमयुक्त मोड नभएकाले प्रारम्भिक रूपमा यान्त्रिक समस्या वा मानवीय त्रुटिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
-
कर्णालीमा खसेको बसका चालक–सहचालक सहोदर दाजु–भाइ, परिवार शोकमा
-
विद्यालयमा राष्ट्रिय सेवा दल गठन गर्ने विधेयक संसद्मा दर्ता, विद्यार्थीलाई सैन्य तथा राष्ट्रसेवासम्बन्धी तालिम दिइने
-
तेस्रोलिंगी पहिचान मेटाएर दुई लिङ्गमा सीमित गर्ने प्रयासप्रति सुनिल बाबु पन्तको प्रश्न
-
देशभर अविरल वर्षाको असर: मुख्य राजमार्गहरू प्रभावित, केही पूर्ण अवरुद्ध
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि
1.7kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…





