

राष्ट्रिय वाणिज्य बैङ्कमा आजदेखि अनलाइन कर्जा आवेदन सेवा सुरु
काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ।
शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार प्रभावकारी ग्राहक सेवा प्रदान गर्ने उद्देश्यले बैङ्कले डिजिटल माध्यमबाट कर्जा आवेदन दिन सकिने सुविधा सुरु गरेको हो।
बैङ्कका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार ग्राहकले अब घरमै बसेर अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन्। यसबाट कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे रहने जिज्ञासा र अन्योललाई सहज रूपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
उनले बैङ्कको यस प्रयासले कर्जा प्रक्रियालाई छिटो, झन्झटरहित र पारदर्शी बनाउने विश्वास व्यक्त गरे।
अनलाइन कर्जा आवेदनका लागि ग्राहकले राष्ट्रिय वाणिज्य बैङ्कको आधिकारिक वेबसाइटमा रहेको ‘Online Loan Application’ लिंकमार्फत RBB Xmart Lending Digital Loan Portal मा प्रवेश गर्नुपर्नेछ। पोर्टलमा सेवा लिन इमेल, युजरनेम र पासवर्ड प्रयोग गरी ‘User Registration’ मार्फत दर्ता गर्नुपर्ने बैङ्कले जनाएको छ।
समाज
थप सामाग्री-
एक घण्टाभित्र दरबन्दीमा फर्काउन प्रहरी प्रधान कार्यालयको कडा निर्देशन, ‘काज संस्कृति’ अन्त्य गर्ने अभियान तीव्र
-
भूमि मन्त्री प्रतिभा रावलको १०० दिन : ४८ उपलब्धि सार्वजनिक, २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो
-
सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयको निर्देशन
-
दुवै सुरक्षा निकायका प्रमुख एकैसाथ विदेश जाने, निमित्त नेतृत्वबारे अनिश्चितता
-
सुस्तामा सुरक्षा व्यवस्था थप सुदृढ गर्न अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने गृहको निर्देशन
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि
1.6kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…





