

प्रचण्डको टिप्पणी : सरकारको पहिलो १०० दिन पूर्णतः असफल
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको पहिलो १०० दिनको कार्यकाल पूर्णतः असफल भएको टिप्पणी गरेका छन्।
लुम्बिनी प्रदेशस्तरीय पार्टी शपथग्रहण तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै जनतालाई गरिएका प्रतिबद्धता र अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको दाबी गरे।
“जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यस अर्थमा यो सरकारका सय दिन पूर्णतः असफल भएको देख्छु,” उनले भने।
वाम एकताबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले तत्काल वाम एकताको विषय नरहेको स्पष्ट पारे। उनका अनुसार अहिले विभिन्न राजनीतिक दलबीच सहकार्यका लागि संवाद र समन्वय भइरहेको छ।
“वाम एकताभन्दा पनि कांग्रेस, एमाले लगायत सबैसँग सहकार्यको कुरा हो। अहिले एकताको कुरा छैन, सहकार्यका लागि समन्वय गरिरहेका छौँ,” उनले भने।
प्रचण्ड लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा पार्टी एकीकरणपछिको पहिलो शपथग्रहण कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनाललगायत शीर्ष नेतासहित बुटवल पुगेका हुन्।
समाज
थप सामाग्री-
एक घण्टाभित्र दरबन्दीमा फर्काउन प्रहरी प्रधान कार्यालयको कडा निर्देशन, ‘काज संस्कृति’ अन्त्य गर्ने अभियान तीव्र
-
भूमि मन्त्री प्रतिभा रावलको १०० दिन : ४८ उपलब्धि सार्वजनिक, २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो
-
सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयको निर्देशन
-
दुवै सुरक्षा निकायका प्रमुख एकैसाथ विदेश जाने, निमित्त नेतृत्वबारे अनिश्चितता
-
सुस्तामा सुरक्षा व्यवस्था थप सुदृढ गर्न अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने गृहको निर्देशन
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि
1.7kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…





