‘चटकको भरमा आएको सरकार चटककै भरमा जान्छ’ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका छन्। सरकारभित्रै सरकार ढाल्ने तत्त्व रहेको टिप्पणी गर्दै उनले सरकारको भविष्यबारे कडा आलोचना गरेका हुन्।

पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार बाह्य शक्तिका कारण नभई आफ्नै आन्तरिक कमजोरीका कारण टिक्न नसक्ने बताए।

“अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्त्वहरू त्यहीँ पुगेका हुन्छन्। ढल्छ, जान्छ। यो चटकको भरमा आएको हो, चटककै भरमा जान्छ,” उनले भने।

ओलीले सरकार परिवर्तनको प्रतीक्षामा मात्र बस्न नहुने धारणा राख्दै वर्तमान सरकार लामो समय टिके मुलुक र लोकतान्त्रिक प्रणालीलाई क्षति पुग्न सक्ने दाबी गरे।

“त्यो पर्खिएर बस्यौँ भने त्यसले देश बर्बाद पारिसकेको हुन्छ, लोकतन्त्र बर्बाद गरिसक्छ। त्यसैले परिवर्तन पर्खिने चिज होइन,” उनले भने।

उनको यो अभिव्यक्ति वर्तमान सरकारको १०० दिने कार्यकाललाई लिएर भइरहेको राजनीतिक टिप्पणीका बीच आएको हो।

Facebook Comments Box
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि

1.6kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…

TOP
Shares