

भूमि मन्त्री प्रतिभा रावलको १०० दिन : ४८ उपलब्धि सार्वजनिक, २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै मन्त्रालयले विभिन्न क्षेत्रमा ४८ वटा उपलब्धि हासिल गरेको दाबी गरेकी छन्।
मन्त्रालयका अनुसार रिक्त वा निमित्तको भरमा सञ्चालन भइरहेका २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। सहकारी क्षेत्रतर्फ १ हजार ७५४ जना साना बचतकर्तालाई करिब २ करोड ६३ लाख रुपैयाँ फिर्ता गरिएको तथा १५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार ३१० रुपैयाँ ऋण असुली गरिएको उल्लेख गरिएको छ।
भूमि व्यवस्थापनअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण गरिएको मन्त्रालयले जनाएको छ। साथै, ६ वटा स्थानीय तहबाट नापी तथा मालपोत सेवा सञ्चालनमा ल्याइएको र वडा तहबाट डिजिटल सिफारिस गर्ने सफ्टवेयर परीक्षण चरणमा रहेको जानकारी दिइएको छ।
मन्त्रालयले १०० दिने उपलब्धिमा कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाइएको, बालुवाटारस्थित प्रधानमन्त्री निवास रहेको जग्गा नेपाल सरकारको नाममा ल्याइएको तथा मालपोत र नापी कार्यालयमा सेवाग्राहीबाहेक अन्य व्यक्तिको प्रवेशमा रोक लगाइएको उल्लेख गरेको छ।
त्यसैगरी, बागमती, गण्डकी र मधेश प्रदेशमा निजामती अस्पतालको सेवा विस्तार गरिएको तथा सिंहदरबार परिसरबाट निजामती अस्पतालको सेवा एकाइ सञ्चालनमा ल्याइएको जनाएको छ।
मन्त्रालयका अनुसार अध्ययन तथा असामान्य बिदामा गई सम्पर्कविहीन भएका दुई जना र विदेशी आवासीय अनुमति लिएका ६ जना कर्मचारीमाथि निजामती सेवामा अयोग्य ठहर हुने गरी कारबाही प्रक्रिया अघि बढाइएको छ। साथै, बैंकमार्फत जग्गा रोक्का–फुकुवा गर्ने व्यवस्था, ‘मेरो कित्ता’ मोबाइल एप सञ्चालन तथा रावल आयोगको प्रतिवेदन कार्यान्वयनका काम पनि अघि बढाइएको उल्लेख गरिएको छ।
सहकारी क्षेत्रको बेथिति छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन सुरु गरिएको तथा त्यससँग सम्बन्धित कर्मचारीसँग स्पष्टीकरण माग्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ।
समाज
थप सामाग्री-
एक घण्टाभित्र दरबन्दीमा फर्काउन प्रहरी प्रधान कार्यालयको कडा निर्देशन, ‘काज संस्कृति’ अन्त्य गर्ने अभियान तीव्र
-
भूमि मन्त्री प्रतिभा रावलको १०० दिन : ४८ उपलब्धि सार्वजनिक, २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो
-
सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयको निर्देशन
-
दुवै सुरक्षा निकायका प्रमुख एकैसाथ विदेश जाने, निमित्त नेतृत्वबारे अनिश्चितता
-
सुस्तामा सुरक्षा व्यवस्था थप सुदृढ गर्न अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने गृहको निर्देशन
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि
1.7kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…





