

सरकारको १०० दिन : हुलाकमार्फत ५,७२८ राहदानी र १,०८९ लाइसेन्स घरमै वितरण
काठमाडौं । सरकारले आफ्नो पहिलो १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै हुलाक सेवामार्फत ५ हजार ७२८ वटा राहदानी (पासपोर्ट) र १ हजार ८९ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवाग्राहीको घरमै पुर्याएको जनाएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको ‘शासकीय सुधारका सय कार्यसूची’ सम्बन्धी विवरणअनुसार हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा जिल्ला हुलाक कार्यालयमार्फत राहदानी घरदैलोमै वितरण गरिएको हो। साथै, राहदानी विभागबाट प्राप्त २ लाख ६ हजार ३३० वटा राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म हुलाकमार्फत ढुवानी गरिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा जिल्लामा १ हजार ८९ वटा सवारी चालक अनुमतिपत्र सेवाग्राहीको घरमै पुर्याइएको छ। यातायात व्यवस्था विभागबाट प्राप्त ८ लाख ८ हजार ३१ वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयसम्म ढुवानी गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
सरकारका अनुसार असार १६ गतेसम्म २३ लाख ७५ हजार १८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ सम्पन्न भएको छ। साथै, नयाँ प्राप्त २१ लाख ७ हजार ९६८ आवेदनको विवरण विभागबाट प्राप्त भएको २४ घण्टाभित्रै छपाइ प्रक्रिया सुरु गरिएको दाबी गरिएको छ।
हुलाक सेवाको लागत र समय घटाउन डाँकरेखा पुनरावलोकन गरी लागू गरिएको मन्त्रालयले जनाएको छ। यसबाट पोखराबाट पाल्पासम्म हुलाक सामग्री पुग्न लाग्ने समय १० दिनबाट घटेर दुई दिनमा सीमित भएको दाबी गरिएको छ।
यस अवधिमा १७ वटा अस्पतालबाट १ हजार २३३ वटा स्वास्थ्य प्रयोगशालाका नमुना सुरक्षित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म ढुवानी गरिएको छ। साथै, त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यमा २६३ वटा शैक्षिक प्रमाणपत्र पनि विद्यार्थीको घरमै पुर्याइएको मन्त्रालयले जनाएको छ।
सरकारले देशभरका ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित ‘स्मार्ट हुलाक’ प्रणालीमा रूपान्तरण गर्ने प्रक्रिया पनि सुरु गरेको जनाएको छ।
समाज
थप सामाग्री-
एक घण्टाभित्र दरबन्दीमा फर्काउन प्रहरी प्रधान कार्यालयको कडा निर्देशन, ‘काज संस्कृति’ अन्त्य गर्ने अभियान तीव्र
-
भूमि मन्त्री प्रतिभा रावलको १०० दिन : ४८ उपलब्धि सार्वजनिक, २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो
-
सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयको निर्देशन
-
दुवै सुरक्षा निकायका प्रमुख एकैसाथ विदेश जाने, निमित्त नेतृत्वबारे अनिश्चितता
-
सुस्तामा सुरक्षा व्यवस्था थप सुदृढ गर्न अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने गृहको निर्देशन
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि
1.7kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…





