

बालेन शाह नेतृत्वको सरकारको पहिलो १०० दिन: प्रशासनिक सुधारमार्फत वार्षिक २० अर्ब बचत हुने दाबी
काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कार्यकालको पहिलो १०० दिन पूरा गरेको अवसरमा प्रशासनिक सुधारका उपलब्धिहरू सार्वजनिक गर्दै सात वटा मन्त्रालय घटाउँदा वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने दाबी गरेको छ।
सरकारका अनुसार मन्त्रालयको संख्या २५ बाट घटाएर १८ मा झारिएको छ। यस निर्णयले प्रशासनिक खर्चमा उल्लेख्य कटौती हुनुका साथै सरकारी संयन्त्रलाई थप छरितो, प्रभावकारी र उत्तरदायी बनाउने लक्ष्य राखिएको जनाएको छ।
सरकारले निजामती सेवा ऐन कार्यान्वयनमा ल्याएको तथा निजामती कर्मचारी ट्रेड युनियनहरू खारेज गरी प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने प्रयास गरिएको पनि उल्लेख गरेको छ।
यी सुधारबाट सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा गति, सरकारी खर्च नियन्त्रण तथा प्रशासनिक दक्षता अभिवृद्धि हुने सरकारको विश्वास छ।
साथै, पहिलो १०० दिनमा सुरु गरिएका सुधारहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकले प्रत्यक्ष रूपमा परिणाम महसुस गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता सरकारले दोहोर्याएको छ।
समाज
थप सामाग्री-
एक घण्टाभित्र दरबन्दीमा फर्काउन प्रहरी प्रधान कार्यालयको कडा निर्देशन, ‘काज संस्कृति’ अन्त्य गर्ने अभियान तीव्र
-
भूमि मन्त्री प्रतिभा रावलको १०० दिन : ४८ उपलब्धि सार्वजनिक, २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो
-
सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयको निर्देशन
-
दुवै सुरक्षा निकायका प्रमुख एकैसाथ विदेश जाने, निमित्त नेतृत्वबारे अनिश्चितता
-
सुस्तामा सुरक्षा व्यवस्था थप सुदृढ गर्न अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने गृहको निर्देशन
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि
1.6kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…





