सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नवलपरासी (पश्चिम) को सीमावर्ती सुस्ता क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउन अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

शुक्रबार सचिवस्तरीय निर्णयमार्फत नवलपरासी (पश्चिम) का प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै सुस्ताको सुरक्षा अवस्था थप प्रभावकारी बनाउन आवश्यक सुरक्षाकर्मी खटाउने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको हो।

यसअघि असार १७ गते सुस्ता क्षेत्रका स्थानीय बासिन्दाले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी सीमावर्ती क्षेत्रको सुरक्षा तथा नागरिकतासम्बन्धी समस्या समाधान गर्न आग्रह गरेका थिए। हाल सुस्तामा सशस्त्र प्रहरी बलको स्थायी बोर्डर आउट पोस्ट (बीओपी) सञ्चालनमा रहे पनि स्थानीयले थप सुरक्षा व्यवस्था गर्न माग गर्दै आएका छन्।

गृह मन्त्रालयले नागरिकता नपाएका योग्य व्यक्तिहरूको विस्तृत विवरण संकलन गरी प्रोफाइल तयार गर्न पनि जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। साथै, कानुनी रूपमा योग्य देखिएका व्यक्तिलाई प्रचलित नागरिकता ऐन तथा नियमावलीअनुसार नागरिकता उपलब्ध गराउन भनिएको छ।

कानुनी जटिलताका कारण तत्काल नागरिकता दिन नसकिने अवस्था भए त्यसको स्पष्ट कारणसहित नीतिगत निर्णयका लागि गृह मन्त्रालयमा प्रतिवेदन पठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

Facebook Comments Box
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि

1.7kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…

TOP
187 Shares