‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३’ को मस्यौदा तयार, सुझाव माग्दै मन्त्रालय

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३’ को मस्यौदा तयार पारेको छ ।

मन्त्रालयले नीतिको आवश्यकता र औचित्यलाई आधार मानेर मस्यौदा तयार गरेको हो । तयार गरिएको प्रस्तावित नीतिमाथि सर्वसाधारण तथा सरोकारवालाबाट राय–सुझाव संकलन गर्न सार्वजनिक सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र इच्छुक व्यक्ति वा संस्थाले आफ्नो सुझाव तथा प्रतिक्रिया पठाउन सक्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार सुझावहरू तोकिएको ढाँचामा तयार गरी आधिकारिक इमेल [email protected] मा पठाउनुपर्नेछ । प्राप्त सुझावलाई समेटेर नीतिलाई परिमार्जन गरिने जनाइएको छ ।

सरकारले ज्येष्ठ नागरिकसँग सम्बन्धित सेवा, संरक्षण र सामाजिक सुरक्षालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित नीति अघि बढाएको बताइएको छ ।

Facebook Comments Box
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि

1.7kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…

TOP
381 Shares