गृहमन्त्री सुदन गुरुङको आकस्मिक कोशी भ्रमण, सीमावर्ती क्षेत्रमा स्थलगत निरीक्षण

विराटनगर । गृहमन्त्री सुदन गुरुङ शुक्रबार साँझ पूर्वसूचना नदिई कोशी प्रदेश पुगेका छन्। सीमा क्षेत्रमा बढ्दो तस्करी, राजस्व चुहावट तथा सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिन उनले सीमावर्ती क्षेत्रको आकस्मिक स्थलगत निरीक्षण थालेका हुन्।

सुरक्षा स्रोतका अनुसार सुनसरी र मोरङका सुरक्षा निकायले गृहमन्त्री प्रदेशमा आएको जानकारी पाए पनि उनी कुन नाका निरीक्षण गर्ने भन्नेबारे पूर्वजानकारी नभएकाले सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन्।

गृहमन्त्री गुरुङले विराटनगर आसपासका दक्षिणी सीमावर्ती नाका तथा प्रवेश बिन्दुको निरीक्षण गर्दै सीमा सुरक्षाको अवस्था, तस्करी नियन्त्रणका चुनौती र सुरक्षा व्यवस्थाबारे प्रत्यक्ष जानकारी लिने कार्यक्रम रहेको जनाइएको छ।

यसअघि पनि उनले पर्साको सीमाक्षेत्र पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै तस्करी, सीमा सुरक्षा तथा राजस्व चुहावटका विषयमा प्रत्यक्ष जानकारी लिएका थिए।

सरकारले सीमा सुरक्षा सुदृढ बनाउने, तस्करी नियन्त्रण गर्ने तथा राजस्व चुहावट रोक्ने अभियानलाई तीव्र बनाइरहेका बेला गृहमन्त्रीको यो आकस्मिक अनुगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Facebook Comments Box
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि

1.7kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…

TOP
418 Shares