प्रहरी श्रीमती संघद्वारा ढाका कपडा बुनाई तालिम शुभारम्भ, आत्मनिर्भरतामा जोड

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले प्रहरी कर्मचारी तथा अमर प्रहरी परिवारका सदस्यहरूलाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले दुई महिने परम्परागत ढाका कपडा बुनाई तालिम सञ्चालन गरेको छ।

नेपाल प्रहरी श्रीमती संघ, भृकुटीमण्डपको आयोजनामा तथा गोपाल गौरी दिगो विकास प्रतिष्ठानको सहकार्यमा सञ्चालन हुने उक्त तालिमको उद्घाटन संघकी अध्यक्ष नविना खत्री कार्कीले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले प्रशिक्षार्थीहरूलाई सफलतापूर्वक तालिम सम्पन्न गरी प्राप्त ज्ञान, सीप र अनुभवलाई आत्मनिर्भरता तथा उद्यमशीलताको विकासमा उपयोग गर्न शुभकामना व्यक्त गर्नुभयो। उहाँले यस्ता सीपमूलक तालिमले परिवारको आर्थिक सशक्तीकरणसँगै सामाजिक आत्मविश्वास अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतमले तालिमको उद्देश्य, महत्व तथा तालिमपश्चात सिर्जना हुन सक्ने रोजगारी र उद्यमशीलताका अवसरहरूबारे जानकारीमूलक मन्तव्य राख्नुभएको थियो।

प्रहरी कर्मचारी तथा अमर प्रहरी परिवारका सदस्यहरूलाई व्यावसायिक सीपमार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको उक्त तालिममा अमर प्रहरी परिवारका दुई जना तथा बहालवाला प्रहरी कर्मचारीका परिवारका आठ जना गरी कुल १० जना प्रशिक्षार्थी सहभागी रहेका छन्।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, गोपाल गौरी दिगो विकास प्रतिष्ठानका पदाधिकारीहरू, प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Facebook Comments Box
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि

1.7kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…

TOP
257 Shares