

प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न वार्षिक प्रतिवेदन पेस हुने
काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
मन्त्री गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१/०८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१/०८२ र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१/०८२ सदनसमक्ष पेस गर्नेछिन्।
यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का बाध्यकारी श्रम महासन्धि सम्बन्धी प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धिमाथि सामान्य छलफल तथा अनुमोदनका लागि प्रस्तावसमेत प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रस्तुत हुने प्रतिवेदन र महासन्धिसम्बन्धी प्रस्तावमाथि सांसदहरूले छलफल गर्नेछन्।
समाज
थप सामाग्री-
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
-
गणेश नेपालीको मृत्युको विरोधमा माइतीघरमा प्रदर्शन, दोषीमाथि कारबाहीको माग
-
नागरिकको जीवन र सम्मानको रक्षा गर्न सरकार जिम्मेवार बन्न संयुक्त नागरिक पार्टीको माग
-
राहदानी बनाउने सपना बोकेका गणेशको त्रिपुरेश्वरमा आत्मदाह प्रयास, ६० प्रतिशत शरीर जल्यो
-
आज असार २६ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
ट्राफिक प्रहरीको खण्डन : आत्मदाह प्रयास ट्राफिक जरिवानाका कारण होइन, महानगर प्रहरीसँग ‘ह्वील लक’ विवादपछि घटना
१५ घण्टा अगाडि
1.8kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले…





