सरकारले नागरिकलाई नागरिकजस्तो व्यवहार गरेन ः पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारले नागरिकलाई नागरिकजस्तो व्यवहार नगरेको टिप्पणी गरेका छन् । बस्नेतले सरकारका पछिल्ला निर्णयहरु र गतिविधिहरु हेर्दा सरकारले नागरिकलाई दुष्ट र भ्रष्ट ठान्ने गरेको र नागरिकप्रति कठोर र क्रुर बन्दै गएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

बस्नेते भने, ‘सरकार डिजिटल म्यानुपुलेसन, एल्गोरिदमको भरमा टिक्न सक्दैन । जनताका जेन्यून इस्यूमा सरकार गम्भीर बनोस् । कांग्रेस कम्युनिष्ट उठ्न नसक्ने अवस्थामा छन् तर जनता जतिबेला पनि उठ्न सक्छन् भन्ने कुरा सरकारलाई हेक्का रहोस् ।’

नागरिकले आत्मदाहको प्रयास गर्नुले नागरिकको अवस्था र सरकारी निकायको रबैयाबारे प्रष्ट्याएको उनको टिप्पणी छ ।

उनले कृषि मलको आपूर्ति, तीव्र युवा पलायन रोक्न, महंगी नियन्त्रण, सुकुम्बासी वस्ती व्यवस्थापनलगायतका कार्यमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

Facebook Comments Box
ट्राफिक प्रहरीको खण्डन : आत्मदाह प्रयास ट्राफिक जरिवानाका कारण होइन, महानगर प्रहरीसँग ‘ह्वील लक’ विवादपछि घटना
१६ घण्टा अगाडि

1.8kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले…

TOP
421 Shares