

कर्णाली नदीमा खसेको फोर्स गाडी दुर्घटना : थप दुई शव फेला, मृतक संख्या तीन पुग्यो

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा कर्णाली नदीमा खसेको फोर्स गाडी दुर्घटनामा बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ। यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार फेला परेका शव आफन्तले सनाखत गरी बुझिसकेका छन्।
मृतकको पहिचान कालिकोट पचालझरना गाउँपालिका–९ का जेखे तिरुवा, मेखे तिरुवा तथा कालिकोट रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्काका रूपमा भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडी चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी, उनका सहोदर भाइ तथा सहचालक रामु सुवेदीसहित अन्य यात्रु अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
गत बिहीबार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनापछि सशस्त्र प्रहरी बलका गोताखोर, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायले कर्णाली नदी र आसपासका क्षेत्रमा खोजी अभियानलाई निरन्तरता दिएका छन्। परिवारजन भने बेपत्ता आफन्तको अवस्थाबारे जानकारी पाउने आशामा घटनास्थलमै प्रतीक्षारत छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





