अमेरिका–इरान तनाव चुलिँदै, अष्ट्रेलियाले गर्‍यो तत्काल युद्धविरामको आह्वान

काठमाडौं । अमेरिका र इरानबीच पुनः सैन्य आक्रमण सुरु भएपछि अष्ट्रेलियाले तत्काल युद्धविरामको आह्वान गरेको छ।

अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले मध्यपूर्वका नागरिकको सुरक्षा तथा विश्व अर्थतन्त्रको हितका लागि द्वन्द्व अन्त्य आवश्यक रहेको बताएकी छन्। एबीसीसँगको अन्तर्वार्तामा उनले विश्व समुदायले युद्धविराम कायम गर्दै तनाव कम गर्नुपर्नेमा जोड दिइन्।

मंगलबारदेखि बिहीबारसम्म भएका नयाँ आक्रमणपछि क्षेत्रीय तनाव थप बढेको छ। अमेरिकाले हर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप इरानका विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ।

जवाफमा इरानले कुवेत, बहराइन, कतार र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Facebook Comments Box
ट्राफिक प्रहरीको खण्डन : आत्मदाह प्रयास ट्राफिक जरिवानाका कारण होइन, महानगर प्रहरीसँग ‘ह्वील लक’ विवादपछि घटना
१४ घण्टा अगाडि

1.8kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले…

TOP
102 Shares