कर्णालीमा अन्तिम दिनमै १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्बभन्दा बढी बजेट फ्रिज2

काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन मात्रै १ अर्ब ५८ करोड २२ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेको छ। तर आर्थिक वर्षभर विनियोजित बजेटमध्ये १२ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी खर्च हुन नसकी फ्रिज भएको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएकामा आर्थिक वर्षको अन्त्यसम्म २० अर्ब ५७ करोड १२ लाख ८ हजार रुपैयाँ अर्थात् ६१.९७ प्रतिशत मात्र खर्च गर्न सकेको हो।

विकासतर्फ विनियोजित १९ अर्ब ९८ करोड ९३ लाख रुपैयाँमध्ये ११ अर्ब १३ करोड ९३ लाख रुपैयाँ मात्र खर्च हुँदा पुँजीगत बजेटको कार्यान्वयन ५५.७४ प्रतिशतमा सीमित भएको छ। यसबाट ८ अर्ब ८४ करोड ५० लाख रुपैयाँ विकास बजेट खर्च हुन नसकी फ्रिज भएको छ।

तथ्याङ्कअनुसार कुल बजेटको करिब २५ प्रतिशत रकम असार महिनाको अन्तिम २५ दिनमै खर्च गरिएको देखिएको छ। अन्तिम समयमा हुने तीव्र खर्च र ठूलो परिमाणमा बजेट फ्रिज हुने प्रवृत्ति दोहोरिएपछि बजेट कार्यान्वयनको प्रभावकारितामाथि फेरि प्रश्न उठेको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
398 Shares