स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । दक्षिणपूर्वी स्पेनको आल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

अन्डालुसिया क्षेत्रीय सरकारका अनुसार केही मृतक जलेका सवारीसाधनभित्र फेला परेका छन्। प्रारम्भिक रूपमा विद्युत् प्रसारण लाइन खसेपछि आगलागी सुरु भएको आशंका गरिए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।

डढेलो नियन्त्रणका लागि करिब १५० अग्निनियन्त्रक, हेलिकप्टर, विशेष उद्धार टोली तथा स्पेनको सैनिक आपत्कालीन इकाई (UME) परिचालन गरिएको छ। जोखिम बढेपछि प्रमुख सडक बन्द गरिएका छन् भने करिब एक हजार स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

स्पेन, फ्रान्स र पोर्चुगलमा अत्यधिक गर्मीका कारण डढेलोको जोखिम उच्च रहेको छ। जलवायु विज्ञहरूले बढ्दो तापक्रम र खडेरीका कारण दक्षिणी युरोपमा यस्ता विनाशकारी डढेलोका घटना बढ्दै गएको बताएका छन्।

Facebook Comments Box
ट्राफिक प्रहरीको खण्डन : आत्मदाह प्रयास ट्राफिक जरिवानाका कारण होइन, महानगर प्रहरीसँग ‘ह्वील लक’ विवादपछि घटना
१४ घण्टा अगाडि

1.8kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले…

TOP
355 Shares